Top_Header_Right_Add

राजविराज नगरपालिकाले अनलाइन पसल सञ्चालन गर्ने

राजविराज नगरपालिकाले अनलाइन पसल सञ्चालन गर्ने

राजविराज, १४ चैत्र । कोभिड–१९ कोरोना संक्रमणबाट जोगिन राजविराज नगरपालिकाले अनलाइन मार्फत खाद्यान्न सामग्रीको अर्डर लिएर घरघरमा पु¥याउन अनलाइन पसल सञ्चालन गर्नेसहित तीन बुँँदे निर्णय गरेको छ ।
नगरपालिकाको शुक्रबार बसेको बैठकले शनिबारदेखि प्रत्येक बिहान छ बजेदेखि नौ बजेसम्म खेल मैदानमा सामाजिक दुरी कायम गरी तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिएका छन् । नगरपालिकाको १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्न स्थानको खोजी गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिईएको छ ।
लकडाउन अवधिभर दैनिक उपभोगबस्तु खाद्यन्नको लागि घर–घरमा पु¥याउने व्यवस्था गर्ने र अनलाइन मार्फत खाद्यान्न सामग्रीको घरघरमा पु¥याउन स्थानीय रमेश किराना पसल र निर्मल किराना पसललाई जिम्मा दिने निर्णय भएको नगर प्रमुख यादवले जानकारी दिएका छन् । नगरपालिकाले शनिबार बिहान गते १० बजे देखि कोरोना भाइरस र अन्य किटानु विरूद्धको किटनाशक औषधी (डिसइन्फेक्टान्ट) औषधि नियमित रुपमा छर्ने समेत निर्णय गरेको छ । उक्त निर्णयहरु कार्यान्वयनका लागि सफल पार्न अनुरोध गर्दै अहिलेको अवस्थामा संयमता अपनाएर सहयोग गर्न नगरवासीसँग बैठकले आग्रह गरेको छ ।
यता कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि लकडाउनको घोषणा गरिएको अवस्थामा तरकारी हटियामा पूर्ववत अवस्था जस्तै भीडभाड हुँदा जोखिम बढ्दै गएको थियो । अहिले सञ्चालनमा रहेको तरकारी हटिया निकै साँगुरो रहेकोले यसलाई मध्यनजर गरी राजरंगशालामा तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरिएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer