• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

काेराेना प्रभाव : स्थानीयद्वारा हुलाकी राजमार्ग अवरुद्ध (भिडियोसहित)

काेराेना प्रभाव : स्थानीयद्वारा हुलाकी राजमार्ग अवरुद्ध (भिडियोसहित)

अर्नाहा, १४ चैत । कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्कता अपनाउन गत मङ्गलवारदेखि आह्वान गरिएको ‘लकडाउन’ सप्तरीमा चाैथाे दिन पूर्णरूपमा कार्यान्वयन भइरेको छ । लकडाउनमा यहाँका सर्वसाधारणको पूर्ण समर्थन देखिएका छन भने केही अत्यावश्यक कामकाजले बाहिर निस्केका सर्वसाधारलाई पनि नेपाल र सशस्त्र प्रहरीले सचेत गराइरहेका छन ।
यसैक्रममा केही युवाहरूले हुलाक राजमार्ग अवरुद्ध गरेका छन् । शम्भुनाथ नगरपालिका-१२ अर्नाहास्थित स्थानीय युवाहरुले सडक जाम गरेका हुन्। भाइरसबाट वच्न र बचाउनकालागि अपरिचित व्यक्तिहरुकाे अावागमन बन्द गरेकाे उनिहरु बताउँछन् । यद्यपि अत्यावश्यक सवारीसाधनलाई निर्वाद रुपमा जान दिईरहेकाे स्थानीय युवक विश्वनाथ ठाकुरले बताए । उता डाक्नेश्वरी नगरपालिका-१२ स्थित पथरगाढामा सडकमै बाँसकाे भाडा लगाएका कारण सडक पूर्ण रुपमा ठप्प भएको छ। साे अासपासका गाउँपनि युवाहरूले सडक जाम गरेकाे बताएको छ।