• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा ९० पुरुष र ५ महिला गरी ९५ जना क्वारेन्टाइनमा

४ जना डिश्चार्ज
सप्तरीमा ९० पुरुष र ५ महिला गरी ९५ जना क्वारेन्टाइनमा

राजविराज, १३ चैत्र । नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्नकालागि उच्च सतर्कता अपनाइएको सप्तरीमा विहिवारसम्म ९० पुरुष तथा ५ महिला गरी ९५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
विदेशबाट आएकाहरुमा ज्वरो र रुघाखोकी देखिएका व्यक्तिहरुलाई निगरानीमा राख्न स्थानीय तहहरुले तयार गरेको क्वारेन्टाइनमा राखिएका छन । जसमध्ये बलान विहुल गाउँपालिकामा ३ र राजविराजमा १ गरी ४ जनालाई डिश्चार्ज गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।