• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मानव कल्याणार्थ छिन्नमस्ता शक्तिपीठमा नवरात्रा पूजा

मानव कल्याणार्थ छिन्नमस्ता शक्तिपीठमा नवरात्रा पूजा

राजविराज, १३ चैत्र । चैती नवरात्राको अवसरमा सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित सखडेश्वरी छिन्नमस्ता भगवती शक्तिपीठमा देश एवम् विश्व कल्याणार्थ विशेष पूजाआजा बुधबारदेखि शुरु भएको छ ।
शक्तिपीठका पीठाधीशका अनुसार नेपाल तथा विश्वभरि नै कोरोना भाइरसको सन्त्रास रहेकोले यसवर्ष पूजारीहरुद्वारा नै विशेष पूजाआजा थालिएको छ । हरेक वर्ष नवरात्रामा भव्य पूजाआजा हुँदैआएकोमा यसवर्ष पूजारीहरुद्वारा नै माता छिन्नमस्ताको विशेष पूजा, दुर्गा सप्तसती पाठ तथा कोरोना महामारी निर्मूलको कामना गर्दै दैनिक हवन भईरहेको पीठाधीश ठाकुरले जानकारी दिएका छन् ।
विगतका वर्षहरुमा स्थिति सहज रहेकोले भक्तजनको व्यापक भींड रहने गरेको स्मरण गर्दै उनले भने ‘यसवर्ष कोरोना भाइरसको महामारीको त्रासका कारण विषम परिस्थिति सिर्जना भएको अवस्थामा भक्तजनलाई पूजाआजा गर्न केही समयकालागि रोक लगाईएको छ ।’ यद्यपी आफुहरुले सम्पूर्ण भक्तजनको सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति एवम् समृद्धिकोलागि कामना गर्दै पूजाआजामा जुटेको उनले बताए ।