• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

महदेवा गाउँपालिकामा ५० शैय्याको क्वारेन्टाइन

महदेवा गाउँपालिकामा ५० शैय्याको क्वारेन्टाइन

राजविराज, १२ चैत्र । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट जोगाउनकालागि सप्तरीको महदेवा गाउँपालिकामा दुई स्थानमा ५० शैय्याको क्वारेन्टाइन स्थापना गरेको छ ।
गाउँपालिकाका ई. रोशन कुमार मण्डलका अनुसार माध्यमिक विद्यालय पकरीमा २५ बेड र माध्यमिक विद्यालय बथनाहामा २५ बेडको क्वारेन्टाइन स्थापना गरिएको हो । उक्त क्वारेन्टाइनमा बेड, ओढ्ने, ओछ्याउने, झुल, खाने, स्वास्थ्य उपचार लगायतका सेवा उपलब्ध गराईएको छ । माध्यमिक विद्यालय पकरीमा रहेको क्वारेन्टाइनमा ७ जना शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राखिएको छ ।
यसैगरी कोरोनाको त्रासदी रहेको अवस्थामा महादेवा गाउँपालिकाको विभिन्न वडाहरुको घरघरमा पुगेर साबुन र मास्क वितरण कार्यलाई तिब्रता दिईएको छ । महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले प्रत्येक घरमा साबुन र मास्क वितरण गर्दै घरमै सुरक्षित रुपमा बसेर सहयोग गर्न आग्रह गरेका छन् ।