• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह

कोरोना भाइरस: विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार संंसारभर चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा एक लाख १४ हजार ६४२ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ३५ हजार ३७१ व्यक्ति हाल उपचारारत छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार ५०३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३८६ जना सङक्रमित रहेका छन् । नौ हजार ३६२ व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ३ हजार ६४७ जनाको मृत्यु भएको छ । हाल ४९ हजार ५१५ जना सङक्रमित रहेका छन् । बिहीबार प्राप्त एक समाचारका अनुसार पाँच हजार ३६७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २८७ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार २८५ जना सङ्क्रमित रहेका छन् । चीनबाट बिहीबार प्राप्त एक समाचारअनुसार ७४ हजार ५१ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ७७ जनाको मृत्यु भएको छ । हाल २७ हजार १७ जना सङक्रमित रहेका छन् । सात हजार ८ हजार ३७६ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २०६ व्यक्तिको मृत्यु भएको छ । हाल ३७ हजार ३२३ जना सङक्रमित रहेका छन् । यसैबीच तीन हजार ५४७ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३१ जनाको मृत्यु भएको छ । हाल ६८ हजार ३६७ जना सङक्रमित भने ३९४ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३३१ जनाको मृत्यु भएको छ । बिहीबार प्राप्त एक समाचारअनुसार २५ हजार २३३ सङ्क्रमित रहेका छन् भने ३ हजार ९०० उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १३१ व्यक्तिको मृत्यु भएको छ । नौ हजार २४१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार चार हजार १४४ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १५३ व्यक्तिको मृत्यु भएको छ । दश हजार ८९७ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ४६५ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ५२९ सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३५६ व्यक्तिको मृत्यु भएको छ । छ हजार ४१२ सङ्क्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण ३१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ५८८ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण १७८ व्यक्तिको मृत्यु भएको छ । चार हजार ९३७ सङ्क्रमित भएका छन् । यसैबीच ५४७ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १४ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ८४ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ११, ब्राजिलमा ५९, स्वेडेनमा ६२, पोर्चुगलमा ४३, क्यानाडामा ३६ , डेनमार्कमा ३४, मलेसियामा २०, आयरल्याण्डमा ९, पोल्याण्डमा १४ , ग्रीसमा २२, इन्डोनेसियामा ५८, फिलिपिन्समा ३८, हङकङमा ४, इराकमा २९, अल्जेरियामा २१ , भारतमा १२, पाकिस्तानमा ८, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ५, इजिप्टमा २१, पानामामा ८, अर्जेन्टिनामा ८, लेबनानमा ६, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ६, अफगानिस्तानमा २, नाइजेरियामा १, बङ्गलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ ।

बिहीबारसम्म सङ्क्रमित मात्र देशहरुमा नेपाल, म्यानमार काजाकिस्तान, माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि रहेका छन् । एजेन्सी