• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बलान विहुल तथा बोदे बरसाईनमा क्वारेन्टाइन कक्ष तयार

बलान विहुल तथा बोदे बरसाईनमा क्वारेन्टाइन कक्ष तयार

राजविराज, १२ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा सतर्कता अपनाउन सरकारले गत मङ्गलवारदेखि आह्वान गरेको ‘लकडाउन’ बलान विहुल र बोदे बरसाईनमा कार्यान्वय भईरहेको छ ।
‘लकडाउन’को दोश्रो दिन बुधवार दुवै स्थानीय तहमा केही सर्वसाधारणले अत्यावश्यक कामले घर बाहिर देखिएका छन भने अन्य घरभित्रै रहने गरेका देखिएका छन । यसै क्रममा बलान विहुल गाउँपालिकाले विदेशबाट आउने सर्वसाधारणमाथि निगरानी राख्नकालागि १५ शैय्याको क्वारेन्टाइन कक्ष तयार गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतका वडा नम्वर १ स्थित हेल्थपोष्टमा १५ शैय्याको क्वारेन्टाइन हाउस तयार अवस्थामा रहेको छ ।सोही हेल्थपोष्टका इन्चार्ज नसिम राइनसहित अन्य ४ जना सहयोगी स्वास्थ्यकर्मीहरुको रेखदेखमा क्वारेन्टाइन हाउस सञ्चालनमा ल्याइएको जनाएको छ ।
उता, बोदे बरसाईन नगरपालिकाले पनि विदेशबाट आउने व्यक्तिहरुलाई निगरानीमा राख्न १० शैय्याको क्वारेन्टाइन हाउस तयार अवस्थामा राखेको जनाएको छ । सोही नगरपालिका वडा नम्वर ५ मा रहेको जीवनदिप अस्पताल प्रालिले पनि ५ शैय्याको क्वारेन्टाइन कक्ष तयार गरेको छ ।