• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
थप एक जनामा देखियो कोरोना संक्रमण

राजविराज, १२ चैत्र । नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा भाइरस संक्रमितको संख्या तीन पुगको छ ।
जसमध्ये एक जना निको भइसकेका छन् भने २ जना उपचाररत छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । अस्पतालले हालसम्म शंकास्पद ६ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा ३ जनाको नतिजा ‘पोजेटिभ’ आएको हो । सोमबारसम्म ६ सय ८ जनाको स्वास्थ्य परीक्षण गरेको अस्पतालले मङ्गलबार थप ७९ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । मङ्गलबार स्वास्थ्य परीक्षण गरिएकामध्ये एक जनामा बुधवार कोरोना भाइरस देखिएको मनलयले जनाएको छ ।