• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी‘लकडाउन’: नेपाली सेनाले पनि सर्वसाधारणलाई सचेत गराउँदै

सप्तरी‘लकडाउन’: नेपाली सेनाले पनि सर्वसाधारणलाई सचेत गराउँदै

राजविराज, ११ चैत्र । कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्कता अपनाउन मङ्गलवारदेखि आह्वान गरिएको ‘लकडाउन’ सप्तरीमा कार्यान्वयन भइरेको छ । लकडाउनमा यहाँका सर्वसाधारणको पूर्ण समर्थन देखिएका छन भने केही अत्यावश्यक कामकाजले बाहिर निस्केका सर्वसाधारलाई रोकेर नेपाली सेना र नेपाल प्रहरीले सचेत गराइरहेका छन ।
सदरमुकाम राजविराज, हनुमाननगर, रुपनी र कल्याणपुरमा नेपाली सेनाले सचेत गराइरहेका हुन । अत्यावश्क काम बाहेक बासिन्दा बिहानैदेखि घरबाहिर निस्किएका छैनन् ।
सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको प्रशंसा गरेका छन् । उनीहरुले आदेश कडाइका साथ पालना गराउनतर्फ सामाजिक सञ्जालबाट सुरक्षा निकायको ध्यानाकर्षण समेत गराएका छन् । सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको छ ।