राजविराज, ११ चैत्र । सप्तरीमा कतारवाट आएका एक २३ वर्षीय युवकलाई ज्वरो तथा रुघाखोकी देखिएपछि विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको छ ।
सुरुङ्गा नगरपालिकाकी उप प्रमुख विन्दादेवी पासवानकाअनुसार गत शनिवार घर फर्केका चौधरी थरका युवकमा ज्वरो तथा रुघाखोकीको संक्रमण देखिएको थियो । स्थानिय क्लिनिकमा उपचारपछि औषधी सेवन गरिईरहेका उनलाई ज्वरो पुर्ण रुपमा निको नभएपछि मङ्गलवार विराटनगर पठाइएको उनले जानकारी दिएकी छिन् ।
उनीसँगै उनको परिवारका सदस्यहरुलाई समेत विराटनगर पठाएइएको छ । उता, हनुमाननगर कंकालिनी नगरपालिकावाट गजेन्द्रनारायण सिंह अस्पतालमा आएका दुईजनाको स्वास्थ्य परिक्षण गर्दा कोरोना सम्बन्धी लक्षण नदेखिएपनि उनीहरुलाई हनुमाननगर कंकालिनी नगरपालिकाको क्वारेन्टाइनमा राख्ने गरि पठाइएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
समाचार
ज्वरो तथा रुघाखोकी देखिएका एक युवकलाई विराटनगर पठाईयो
हनुमाननगरका दुईजनाको स्वास्थ्य परिक्षण गर्दा कोरोना सम्बन्धी लक्षण छैन्