• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

छिन्नमस्ता शक्तिपीठमा सर्वसाधारणलाई पूजाआजा गर्न रोक

छिन्नमस्ता शक्तिपीठमा सर्वसाधारणलाई पूजाआजा गर्न रोक

राजविराज, १० चैत्र । सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा अनिश्चितकालागि सर्वसाधारणलाई पूजाआजा गर्न रोक लगाएको छ ।
शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले सोमवार सूचना जारी गर्दै देशैभरि कोरोना भाइरस (कोभिड–१९)को त्रास रहेको भन्दै स्थिति साम्य नभएसम्मकालागि शक्तिपीठमा भक्तजनलाई पूजाआजामा रोक लगाएको जनाएका छन् । उनका अनुसार कोरोनाको सङ्क्रमणबाट जोगिन अत्यावश्यक वाहेकका सेवा बन्द गरेकोले शक्तिपीठमा भक्तजनको भीडभाडमा कोरोनाको जोखिम रहेकोले हाललाई शक्तिपीठ सर्वसाधारणको पूजाआजाकालागि बन्द गरिएको छ । शक्तिपीठमा पूजारीहरुद्वारा नियमित पूजाआजा भने जारी रहने पीठाधीश ठाकुरले जानकारी दिए ।
छिन्नमस्ता शक्तिपीठमा यस अघि भक्तजनलाई मन्दिर प्रवेशद्वारमै स्वास्थ्य परीक्षण तथा साबुन पानीले हात धुन अनिवार्य गरिएको थियो ।
यसैगरी छिन्नमस्ता गाउँपालिदका कार्यालयका निमित प्रमुख प्रशासकीय अधिकृत महेश कुमार शर्माले समेत छिन्तनमस्ता भगवती मन्दिर संरक्षण सम्वद्र्धन समितिलाई पत्राचार गरी मन्दिरमा पूजारी बाहेक अन्य भक्तजनलाई पूजाआजामा रोक लगाउन अनुरोध गरेको छ । मन्दिरमा भीडभाड हुने भएकोले कोरोना भाइरस छिट्टो फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मकालागि पूजारी बाहेक अन्य भक्तजनलाई मन्दिरभित्र पूजापाठ नगर्न नगराउन गाउँपालिकाको तर्फबाट अनुरोध गरिएको छ ।