• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सवैमा अपिल

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सवैमा अपिल

राजविराज, ०९ चैत्र । सप्तरी प्रशासनले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन सवैमा अपिल गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाममा उच्च सतर्कता अपनाएको प्रशासनले भाइरसको संक्रमणबाट बच्न सवैले सावधानी अपनाउनुपर्ने भएकाले अनावश्यक रुपमा हिलडुल नगर्न तथा घरभित्रै बस्न सवैमा अपिल गरेको हो ।
भाइरसको रोकथाम पूर्वतयारी सम्वन्धमा आइतवार प्रमुख जिल्ला अधिकारी सुनील खनालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिसहितको सर्वदलीय बैठकले अत्यावश्यक बाहेकका सवै पसल बन्द गर्ने निर्णय समेत हो । बैठकमा गरिएको निर्णयअनुसार अत्यावश्यक कार्य बोहक समान्यतया घर बाहिर ननिस्कन, सरकारी/सार्वजनिक/निजी कार्यालयहरुमा अत्यावश्यक नभई नजाने, ठुलो संख्यामा मान्छे भेला गराई सामाजिकस्तरको पञ्चयती/मेलमिलाप सम्वन्धी कार्य नगर्न/नगराउन, भोज भतेर जस्ता आयोजना नगर्न भीड–भाडबाट टाढा बस्न आह्वान गरेको छ ।
यसैगरी, धार्मिक भेलाहरु नगर्न, मठ मन्दिरहरुमा मन्दिरका तर्फबाट हुने नियमित पूजापाठ बाहेहका गतिविधि सञ्चालन नगर्न तथा सार्वजनिक सवारी साधन प्रयोग गरी अनावश्यक यात्रा नगर्न सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेको छ । सप्तरीका स्थानीय तहहरुलाई सञ्चालित साप्ताहिक हाटबजारलाई दैनिक हाटबजारमा परितर्वन गरी फराकिलो स्थानमा भीडभाड नहुने गरी सञ्चालन गर्न तथा त्यस्ता स्थानहरुमा अनिवार्य रुपमा हातधुने व्यवस्था गर्न, नियमित अन्तरालमा सरसफाईको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
यसैगरी, सप्तरीमा सञ्चालित सवै प्रकारका होटेल, मोटेल, रिर्सोट, मदिरा पसल, रेस्टुरेन्ट आदीलाई तत्कालकालागि बन्द गर्ने वा सञ्चालन गरिएमा हात धुने (सेनीटाइजर) को व्यवस्था गर्न, थर्मल गनसहितको स्वास्थ्यकर्मीबाट प्रत्येकको अनिवार्य रुपमा चेकजाँच गर्ने व्यवस्था मिलाउन र सरसफाई/टिसइनफेक्सन सम्वन्धी सम्पूर्ण व्यवस्था मिलाउन सम्वन्धित व्यवसायी/सरोकारवाला सवैमा अनुरोध गर्ने गरिएको छ भने अत्यावश्यक वस्तु/सेवा विक्रि वितरण गर्ने पसल, व्यापार, प्रतिष्ठानबाहेकका अन्य पसलहरु बन्द गर्न उद्योग वाणिज्य संघ सप्तरी तथा सम्वन्धित सवैमा अनुरोध गरिएको छ ।