• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोरोना त्रासः एसईई परीक्षा तत्कालकालागि स्थगन

कोरोना त्रासः एसईई परीक्षा तत्कालकालागि स्थगन

राजविराज, ५ चैत्र । विहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सरकारले तत्कालकालागि स्थगन गरेको छ ।
सरकारले यस अघि आवश्यक सतर्कता सहित एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले सञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार तत्कालकालागि परीक्षा स्थगन गर्ने निर्णय भएको छ ।
यता कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित राष्ट्र नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ । बैठकले २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरुलाई बन्द राख्ने निर्णय गरेको छ ।
यता विहीवारदेखि सञ्चालन हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९ हजार १ सय ४० जना विद्यार्थी सहभागी हुन लागेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख फणिन्द्र खत्रीका अनुसार नियमिततर्फ ८ हजार ४ सय ६८ जना सहभागी हुन लागेका थिए । यसैगरी एक्जाम्पटेडतर्फ १ सय ३६ र ग्रेडवृद्धितर्फ ५ सय ३६ गरी कुल ९ हजार १ सय ४० जना विद्यार्थी रहेको उनले बताए ।
एसईईकालागि जिल्लामा ३४ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले जनाएको छ । जसमा ३३ वटा केन्द्रमा नियमिततर्फका विद्यार्थीहरु सहभागी गराउन सम्पूर्ण तयारी पुरा भईसकेको थियो । एउटा केन्द्रमा एक्जाम्पटेड र ग्रेडवृद्धितर्फका विद्यार्थीहरुलाई सहभागी गराउने गराउन तयारी गरिएको थियो ।
सप्तरीमा १ सय ३७ ओटा विद्यालयहरुबाट सहभागी हुन लागेका परीक्षार्थीहरुमध्ये गोल्डेन स्टार माध्यमिक विद्यालय राजविराजबाट विद्यार्थी सङ्ख्या श्ुान्य रहेको छ । यसवर्ष परीक्षा केन्द्र निर्धारण भएका सम्वन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ । उनका अनुसार अत्यधिक भीडभाड हुन नदिन परीक्षा केन्द्र केन्द्रहरुमा छुट्टा–छुट्टै अनुगमन टोलीहरु खटिने तयारी रहेको थियो ।
एसईई परीक्षा मर्यादित बनाउनकालागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, कार्यालय सहयोगी, सुरक्षाकर्मीसहित एक हजार तीन सय कर्मचारी परिचालित गरिएको थियो । कुल ३४ परीक्षा केन्द्रमा ३४ केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष ६१, निरीक्षक ४ सय ५५, परीक्षा सहायक ८९, कार्यालय सहयोगी एक सय ८१ र प्रत्यक्ष सुरक्षाकर्मी ५ सय १० जना परिचालन गरिने तयारी रहेको थियो ।