Top_Header_Right_Add

‘दिलके डायरी’ म्युजिक भिडियो सार्वजनिक

‘दिलके डायरी’ म्युजिक भिडियो सार्वजनिक

राजविराज । मैथिली गीत–सङ्गीतमा प्यारोडी हावी भईरहँदा पछिल्लो पटक ‘दिलके डायरी’ नामक मैथिली भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
छिन्नमस्ता फिल्म्स यु–ट्युब च्यानलबाट उक्त गीत मङ्गलवार सार्वजनिक भएको हो । चर्चित नेपाली गायक नितिन गजुरेलको स्वर एवम् सङ्गीत रहेको उक्त गीत मैथिली गीत–सङ्गीतको क्षेत्रमा नौलो आयाम नै सिद्ध भएको छ । युवा गीतकार विद्यानन्द वेदर्दीको शब्द रहेको उक्त म्युजिक भिडियोमा देशकै ख्यातीप्राप्त सङ्गीतकार भूपेन्द्र रायमाझीले सङ्गीत संयोजन गरेका छन् ।
म्युजिक भिडियोमा कमल सिंह र समिक्षा पोखरेलले मोडलिङ्ग गरेका छन् । रायन कार्कीको निर्देशन रहेको छ । योदिन योञ्जनले छायाङ्कन गरेको उक्त गीतमा ड्रन आलोक, सुरेन्द्र बस्यालले कोरियोग्राफी गरेका छन् । चर्चित नेपाली गायक नितिन गजुरेलको पहिलो मैथिली गीत हो ।
मैथिली भाषाको म्युजिक भिडियोहरुमध्ये ‘दिलके डायरी’ले गुणस्तरियता समेतलाई ध्यानमा राख्दै युवावर्गलाई लक्षित गरेर तयार गरिएको गीतकार विद्यानन्द वेदर्दीले जानकारी दिए । उनका अनुसार ‘दिलके डायरी’ युवाहरुले औधी मन पराउने निर्माण पक्षको अपेक्षा छ । नेपाली गीत–सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाएका व्यक्तित्वहरुको सहभागिता रहेको सम्भवतः पहिलो मैथिली गीत हो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer