• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

पूर्वेली म्युजिक अवार्डको भोटिङ्ग राउण्ड शुरु

पूर्वेली म्युजिक अवार्डको भोटिङ्ग राउण्ड शुरु

राजविराज, २८ फागुन । पूर्वेली म्युजिक अवार्डमा प्रतिष्पर्धीको रुपमा छनौटमा परेका गीतहरुकालागि बुधबारदेखि भोटिङ्ग राउण्ड शुरु भएको छ ।
उक्त अवार्डकालागि विभिन्न २० वटा बिधामा मनोनयनमा परेका १ सय गीतहरुमध्ये सर्वाधिक भोट प्राप्त गर्ने गीत–सङ्गीतलाई २० बिधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ । पूर्वेली मिडिया नेटवर्क प्रा.लिका प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालका अनुसार गत बिहिबार चर्चित लोकगायक जितेन राई, कमलीकान्त भेटवाल, साहित्यकार मनु मञ्जिल र पत्रकार पवन अधिकारी र राजन क्षेत्रीलगायतको समूहले विभिन्न २० विधामा उत्कृष्ट पाँच ओटा गीत छनौट गरेको थियो । आउँदो चैत्र १४ गते शुक्रबार इटहरीमा आयोजित एक समारोहका बिच अवार्डको फाइनल हुने जनाईएको छ ।
उत्कृष्ट मैथिली गीततर्फ गायिका अन्जु यादवद्वारा स्वरवद्ध मैथिली फिल्म राज्जा–रानीको ‘चिपक चिपक राजाजीके तस्विर…बोलको गीत टप फाइवमा परेको छ । भोटिङ्गकालागि कोड ‘१७ ए’ रहेको छ । यस्तै प्रज्जवल दिप विश्वासको बिकल दुलहा…बोलको गीतको कोड १७ बी रहेको छ । निराजन मेहताको अहाँ बिन साजन…गीतको कोड १७ सी, विजय राजको धरानवाली छौरी…बोलको गीतको कोड १७ डी तथा सञ्जय यादवको जनने छलौं ने…गीतको कोड १७ ई रहेको छ ।
उत्कृष्ट पाँचमा छानिएका गीतहरूलाई भोटिङ गर्नका लागि खल्ती एप डाउनलोड गरेर भोट गर्न सकिनेछ । एक भोट निःशुल्क दिन सकिनेछ । पूर्वेली सङ्गीत–सङ्गीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड तथा एक जना पुर्व क्षेत्रमा कार्यरत रंग पत्रकारलाई पत्रकारिता सम्मान दिइने जनाईएको छ ।