• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कुरआन र विज्ञान

मोहम्मद हासिम अन्सारी
कुरआन अल्लाहको शब्दशः वाणी हो जुन फरिश्ता जिब्रईल (अ.) को माध्यमबाट अन्तिम सन्देष्टा मुहम्मद (स.)माथि अवतरित गरिएको थियो । मुहम्मद (स.)ले ती शब्दहरु याद गरे र पछि आफ्ना साथीहरुद्वारा कलमवद्ध गराए । ती साथीहरुले स्मरण गरिकन लेखिसकेपछि मुहम्मद (स.) लाई सुनाएर त्यसलाई सच्याउँथे । पुनश्चः मुहम्मद (स.) ले पनि प्रतिवर्ष फरिश्ता जिब्रइललाई कुरआन पढेर सुनाइ पुनरावलोकन गराउँथे । पुनरावलोकनको यो कार्य मुहम्मद (स.) को जीवनको अन्तिम वर्षमा दुई पटक भयो ।
अवतरित भएदेखि आजसम्ममा मुसलमानहरुको ठूलो जमातले कण्ठ पारिसकेको छ । कोही–कोहीले त यो काम दश वर्षको अल्पायुमै गरेका छन् । र हाल सम्म पनि परिवर्तन भएको छैन ।
आज भन्दा १४५० वर्षअघि प्रकट भएको कुरआनमा यस्ता तथ्यहरुको पनि उल्लेख पाईन्छ जुनकी बैज्ञानिकहरुले हालै मात्र पत्ता लगाउन वा प्रमाणित गर्न सकेका हुन् । यसले के सिद्ध गर्छ भने कुरआन निश्चय नै अल्लाहकै वाणी हो र यो मुहम्मद (स.) द्वारा रचना गरिएको कदापि हुन सक्तैन । यसवाट यो पनि प्रमाणित हुन जान्छ कि मुहम्मद (स.) अल्लाहद्वारा पठाइएका एक सच्चा सन्देष्टा हुन् । आजभन्दा चौध सय वर्ष भन्दा अघि कुनै मानिसले ती तथ्यहरुको खोजी कसरी गर्न सक्थ्यो, जुन हालै मात्र वैज्ञानिकहरुले अत्याधुनिक र जटिल यन्त्रहरुको माध्यमवाट गर्न सकेका छन् ।
अल्लाहले यो ब्रह्माण्डलाई छ दिनमा निर्माण गरिएको र फरिश्तालाई नूर (मधुर र शीतल ज्योति)बाट पैदा गरी आफ्नो काममा लगाएको एवम् आगोवाट अदृश्य जीव जिनलाई पैदा गरिएको जानकारी धर्म ग्रहन्थमा उल्लेख छ । अल्लाहले मानवको सृष्टिकालागि पृथ्वीवाट माटो ल्याउन फरिश्तालाई हुकुम गर्दा फरिश्ताले अल्लाहसँग बिन्ति गरे कि हामी तपाईको भक्तिमा दिन रात लागिरहेका छौं । मानवको उत्पतिपछि यिनीहरु पृथ्वीमा गई जिन जस्तै आतङ्क मच्चाउनुका साथै लडाई झगडा गर्छन् । अल्लाहबाट हुकुम भयो कि म जेजति जान्दछु, तिमीहरु जान्दैनौ ।
अल्लाहले फरिश्ताहरुलाई विभिन्न प्रश्न सोध्दा जवाफ दिन सकेनन् तब अल्लाहले मानवको रुह (आत्मा)बाट जेजति प्रश्न गर्नुभयो सबै को ठीकठीक जवाब प्राप्त भयो । अल्लाहवाट हुकुम भयो तिमी र मानवमा यही फरक छ म सम्पूर्ण गुणका साथ मानवलाई आफ्नो प्रतिनिधिको रुपमा पैदा गर्नेवाला छु ।
माटोवाट मानवको पुतला (ढाँचा) तयार भईसकेपछि फरिश्ता र जिनलाई हुकुम भयो प्रथम मानव आदमको अगाडी आफ्नो माथा टेक सबै फरिश्ता र जिनले आदमको अगाडी माथा टेके तर जिनमा भएको एक जिनले अल्लाहलाई भने कि ‘म तिमी बाहेक यो माटोको पुतला अगाडी माथा टेक्दिन कुरा राम्रो थियो तर अल्लाहको हुकुमको अवज्ञा थियो र उसलाई इबलीश (शैतान)भनी त्यहाँवाट निकालियो । अल्लाहले जतिपनि जीव अथवा निर्जीव पैदा गर्नु भयो त्यसमा सबैभन्दा अन्तिम र उत्तम सृष्टिी मानव नै हो ।’
अल्लाहले ब्रह्माण्डमा भएका हरेक सजीव र निर्जीव मानवकालागि पैदा गरिएको जसमाथि मानव गम्भीर भई खोज गरे धेरै लाभका कुराहरु पत्ता लगाउन सक्छन् । तर कुरआनमा उल्लेख भए अनुसार निम्न कुराहरु म (अल्लाह) बाहेक कसैलाई थाहा हुन सक्दैन ।
कुरआनमा भनिएको छः
कयामत (प्रलय) कहिले हुन्छ रु आमाको गर्भमा शुक्रकीट र डिम्ब को मिलन छोराकोलागि हो अथवा छोरीकालागि । कस्को मृत्यु कहिले र कहाँ हुन्छ रु वर्षा कहिले र कहाँ हुन्छ रु कस्को भाग्यमा के लेखिएको छ रु विज्ञानको जानकारीमा आए अनुसार पुरुषको अण्डकोषमा बन्ने शुक्रकीट दुई किसिमका क्रोमोजोम एक्स र वाइ हुन्छ । स्त्रीहरुको ओभममा एक्स र एक्स क्रोमोजोम हुन्छ । यदी स्त्रीको एक्स अण्डमा पुरुषको वाइ क्रोमोजोम भएका शुक्रकीटको मिलन भयो भने छोरा हुन्छ र यदी स्त्रीको एक्स अण्डमा पुरुषको पनि एक्स क्रोमोजोम भएको शुक्रकीटको मिलन भयो भने छोरी हुन्छ । यो प्राकृतिक सत्य हो, विज्ञान यो काम गर्न सफल हुन सक्तैन, यो समय हुने प्रक्रियाको भविष्यवाणी पनि गर्न सक्दैनन् ।
कुआनमा मानव भ्रुणको क्रमिक विकासको बारेमा अल्लाह भन्छन्ः
हामीले मानवलाई माटोवाट निर्माण ग¥यौं । त्यसपछि उसलाई एउटा थोपामा परिणत गरी निर्धारित स्थानमा दृढताका साथ स्थिर गरायौं । अनि त्यस थोपालाई “अलका” (जुका, झुन्डिएको वस्तु, रक्तपिण्ड)मा परिणत ग¥यौं, अनि “अलका लाई एउटा ‘मुदगा’ (चपाइएको जस्तो वस्तु) बनायौं ।
अरबी भाषामा ‘अलका’ भन्ने शब्दका तीन अर्थहरु छन् (१) जुका (रगत चुस्ने), (२) झुण्डिएको वस्तु, र (३) रक्तपिण्ड
मानव भु्रणको ‘अलका’अवस्थालाई जुकासँग तुलना गर्नुको कारण ती दुईका आकारप्रकारको समानता हो । साथै यस अवस्थामा भ्रुणले आमाको रक्तवाटै भोजन प्राप्त गर्दछ र यस अर्थमा भु्रण रगत चुस्ने जुका जस्तै हुन्छ ।
‘अलका’को अर्को अर्थ हो झुन्डिएको वस्तु । चित्र नम्वर २ मा मानव भु्रणको ‘अलका’ अवस्थालाई आमाको गर्भाशयमा झुण्डिएको देख्न सकिन्छ ।’
डा. टि.भी. एन. परसाउद क्यानाडाको मानिटोवा विश्वविद्यालयमा शरीर विज्ञान ९ब्लबतयmथ० विभागको विभागीय प्रमुख तथा बालरोग र शिशु स्वस्थ्यका प्रोफेसर हुन् । उनका १८१ वटा वैज्ञानिक लेखहरु प्रकाशित भइसकेका छन्् । सर्वप्रतिष्ठित पुरस्कार एसोसिएसन अफ एनाटोमिस्टस्का जे.सी.बी. ग्रान्ट अवार्ड १९९१ मा उनलाई नै प्रदान गरिएको थियो । उनले कुरआनका वैज्ञानिक चमत्कारहरुमाथि शोधकार्य पनि गरेका छन् । यस सम्बन्धमा प्रश्न गरिंदा उनको उत्तर थियोः मलाई लाग्छ मुहम्मद (स.) मानिस थिए । उनी पढ्न लेख्न जान्दैनथे । हामी आजभन्दा १४५० वर्ष अघिको कुरा गर्दैछौं । एकजना अनपढ मानिसले विद्वतापूर्ण घोषणाहरु गरेका कुराहरु पाउँछौ र वैज्ञानिक प्रकृतिका यी उद्गारहरु विस्मयकारी ढङ्गले शुद्ध र सटीक छन् । यो एउटा संयोग मात्र कसरी होला म बुझ्न सक्तिन । यति धेरै यथार्थता र शुद्धता केवल संयोगको प्रतिफल कदापि हुन सक्तैन । मेरो के विश्वास छ भने यो पक्कै पनि ईश्वरीय प्रेरणा अथवा प्रदर्शन हुनु पर्छ जसद्वारा मुहम्मद (स.) यी कुराहरु दिन सफल भए ।
डा. जोइ लेघ सिम्पसन संयुक्त राज्य अमेरिकाको बायलोर कलेज अफ मेडिसिन, हाउस्टन, टेक्सासमा ओब्सटेट्रिक्स एण्ड गाइनेकोलोजी विभागका अध्यक्ष हुन् । डा. सिम्पसनले मुहम्मद (स.) का निम्न दुई उक्तिहरुको अध्ययन गरेः
‘तिमीहरु प्रत्येकको संरचनाका अवयवहरु तिम्रो आमाको कोखमा चालीसौं दिन भित्रमा एकत्रित गरिन्छन् ।’ ‘बयालिस रात बितिसकेको भ्रुणमाथि अल्लाहले एउटा फरिश्ता पठाउँछन् । जसले उसको स्वरुप निर्धारण गर्छ र उसमा श्रवण, दृष्टि, छाला, मांशपेशि र हाडको रचना गर्छ । अनि उसले प्रश्न गर्छ, हे प्रभु ! यो पुरुष हो कि स्त्री रु र तिम्रो प्रभुले आफ्नो इच्छानुसार निर्णय गर्छन् ।’
डा. सिम्पसनले यी दुई उक्तिहरुको विस्तृत अध्ययन गरेपछि टिप्पणी गरे कि प्रथम चालीस दिन भ्रुण विकास प्रक्रियाको एउटा स्पस्टसँग छुट्याउन सकिने चरण हो । मुहम्मद (स.) का यी उक्तिहरुको अकाट्य शुद्धता र निश्चयताबाट डा. सिम्पसन निकै प्रभावित भए । एउटा कन्फरेन्समा उनले व्यक्त गरेः ‘उपरोक्त दुई हदीसहरुवाट हामीलाई भ्रुणको प्रथम चालीस दिनको विकासका प्रमुख घटनाक्रमको एउटा निश्चित समय तालिका प्राप्त हुन सक्छ । यी हदीसहरुमा निहित ज्ञान तत्कालीन उपलब्ध वैज्ञानिक सूचनाको आधारमा प्राप्त भएको हुन सक्तैन । मलाई लाग्छ विज्ञान र धर्ममा कुनै विरोधाभास छैन । बरु धर्मले कतिपय परम्परागत वैज्ञानिक विचारहरुमा नयाँ सोच र दर्शनद्वारा विज्ञानको मार्गदर्शन पनि गर्न सक्छ ।
कुरआनमा उद्गार भएका कुराहरुको विज्ञानद्वारा पुष्टि भएवाट के पनि प्रष्ट भएको छ भने कुरआनमा भएको ज्ञान पनि ईश्वरद्वारा प्राप्त भएको हुनुपर्छ । मार्शल जोन्सनले १९८१ मा सउदी अरबको दम्माममा आयोजित सातौं कन्फ्रेन्समा आफ्नो शोधपत्र प्रस्तुत गर्दै भनेः ‘सारांशमा कुरआनले वाह्य स्वरुपको विकासबारे मात्र हैन भ्रुणको भित्रपट्टि भईराखेको विकास प्रक्रियाबारे पनि जानकारी दिन्छ र यी जानकारीहरु आजको विज्ञाानले सत्य भनेर प्रमाणित गरिराखेको छ । एकजना वैज्ञानिकको हैसियतले म केवल ती कुराहरुबारे विचारहरु व्यक्त गर्न सक्छु, जुन कुराहरु किटानका साथ देख्न सक्छु । तर यदि म त्यसबेला (१४५०) वर्ष अघि) भएको भए मुहम्मद (स.) ले जे कुराहरु भने ती कुराहरु पक्कै पनि भन्न सक्दिनथे । मुहम्मद (स.) ले यी जानकारीहरु कुनै विशेष श्रोतवाट पाईराखेको हुनु पर्ने कुरा निसंकोच स्वीकार्न सकिन्छ ।’
धेरै वैज्ञानिकहरुको भनाई छ कि ‘यी जानकारीहरु कुरआनमा छन् भन्ने कुरा साह्रै चाखलाग्दो हो ।’ यी तथ्यहरु कुरआनमा कहाँवाट आए भन्ने कुरो जान्न मसंग कुनै साधन छैन । मलाई लाग्छ यो पक्कै पनि ईश्वरीय हुनुपर्दछ ।’
लेखक मोहम्मद अन्सारी केशो अनिरुद्धवति माध्यमिक विद्यालय राजविराजका पूर्व प्रधानाध्यापक एवम् मुद्दी मोहरम स्मृति कल्याणकारी प्रतिष्ठानका अध्यक्ष हुन् । (सं)