• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेकपाको सप्तकोसी नगर समितिको सपथ–ग्रहण, अध्यक्षमा पारस

नेकपाको सप्तकोसी नगर समितिको सपथ–ग्रहण, अध्यक्षमा पारस

फत्तेपुर, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सप्तकोसी नगरपालिका सप्तरीको नगर कमिटीको सपथ ग्रहण शुक्रबार भएको छ ।
नगर कमिटिको अध्यक्षमा पारस दहाल र नगर कमिटि सचिवमा राज कुमारी चौधरीलाई चयन गरिएको छ । ८१ सदस्यीय नगर कमिटिलाई नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश नम्वर २ का इन्चार्ज सत्यनारायण मण्डलले सपथ ग्रहण गराएका छन् । दुई पार्टी एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा सप्तकोसी नगर कमिटीमा पुर्व एमालेबाट ४१ र पूर्व माओवादीबाट ४० गरि ८१ सदस्य नगर कमिटी बनाईएको छ ।
नेकपाको सप्तरी जिल्ला कमिटि गठन प्रक्रियामै विवाद रहेको र असन्तुष्ट जनाउँदै जिल्ला सचिव गोबिन्द न्यौपाने लगायत केही जिल्ला कमिटी सदस्यहरुले सपथ ग्रहण गरेका छन् । विवाद नसुल्झिएको पुराना कार्यकर्ता पूर्व जिल्ला कमिटि सदस्य र नगर कमिटि सदस्यहरुलाई बाइपास गरेर आफु खुशी पार्टी सञ्चालन गरेको र नगर कमिटिमा सबैजना बसेर प्रस्ताव गरेका नाम छाटेर नगर कमिटी घोषणा गरे भन्दै नेकपा तर्फबाट वडा अध्यक्ष जितेका वडा नम्वर १ वडा अध्यक्ष नारायण प्रसाद आचार्य वडा नम्बर ४ का बद्रीनारायण चौधरी ५ का दिपक लेखी ८ का केदार शाह, ९ का अध्यक्ष चन्द्रनारायण चौधरीले असन्तुष्टि व्यक्त गर्दै कार्यक्रम बहिष्कार गरेका थिए । ८१ जनाको नगर कमिटिमा सिफारिस भएका मध्ये ५५ जनाले सपथ ग्रहण गरेका छन् ।