• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

गजेन्द्र नारायण सिंह क्रिकेटको पाँचौ दिनः कोईलाडि र को.बर्साइन विजयी

गजेन्द्र नारायण सिंह क्रिकेटको पाँचौ दिनः कोईलाडि र को.बर्साइन विजयी

बभनगामाकटी १५ फागुन । स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौ दिनको खेलमा कोईलाडिले तोपालाई ७ विकेटले तथा को.बर्साइनले सजिलै सकरपुरालाई ८ बिकेटले पराजित गरेको छ ।
सप्तरी क्रिकेट संघको सहकार्यमा तथा तिलाठि कोईलाडी गाउपालिकाको आयोजनामा माध्यमिक विद्यालय बभनगामा कटीको मैदानमा सञ्चालित क्रिकेट प्रतियोगिता अन्र्तगत बिहिवार सम्पन्न पहिलो खेलमा तोपाले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १६ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ५९ रनमै समेटिएको थियो ।
तोपाकालागि राज साह २० बाहेक कसैले दोहोरो अंक छुन सकेन । बलिङ्गतर्फ कोईलाडिकालागि जुगनु मण्डलले ४ ओभरमा १२ रन दिई महत्वपुर्ण ४ विकेट लिए भने गुडु सिंहले २ तथा रोहित सिंह र रोशन मण्डलले सामान १ विकेट लिए ।
६० रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको कोईलाडिले उक्त लक्ष्य ३ विकेटको नोक्सानीमा ८औ ओभरमा प्राप्त गरेका थिए । कोईलाडिका लागि रोहित सिंहले नटआउट रहँदै २८ रन तथा रोबिन सिंहले २३ रनको योगदान दिए । बलिङ्गतर्फ तोपाका राम यादवले २ विकेट लिए । खेलको म्यान अफ द म्याच कोईलाडिका जगनु मण्डल घोषित भए ।
विहिवार नै सम्पन्न एक अर्को खेलमा सकरपुराले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १४ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ७३ रनमै समेटिएको थियो । सकरपुराकालागि बिवेक राई २२ र अमित मण्डल १६ बाहेक कसैले दोहोरो अंक छुन सकेन । बलिङ्गतर्फ दिपेश सरदारले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा १ मेडन सहित ६ रन दिई महत्वपुर्ण ४ विकेट लिए भने राजेश रजकले ३ तथा पिन्टु मण्डल र सुभाष शर्माले सामान १ विकेट लिए ।
७४ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको को.बर्साइनले उक्त लक्ष्य सजिलै १२ ओभर १ बलमा २ विकेटको नोक्सानीमा प्राप्त गरे । को.बसाईनलाई सहज जित दिलाउनमा दिनेश सरदारले उत्कृष्ट ब्याटिंग गर्दै प्रतियोगिताको पहिलो अद्र्ध शतक ५० बलमा ५ चौक्का र ३ छक्काको मदतले नटआउट रहँदै ६२ रनको योगदान दिए । सकरपुराका तर्फबाट साकेत सिंह र राजु सिंहले सामान १ विकेट प्राप्त गरे । खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिङ्ग गरे वापत को. बर्साइनका दिपेश सरदार घोषित भए ।
प्रतियोगिता अन्र्तगत शुक्रवार पहिलो खेल तिलाठि र मन्सापुर बिच तथा दोश्रो खेल कोईलाडि र को.मधेपुरा बिच हुने जानकारी तिलाठि कोईलाडि गाउँपालिकाका अधिकृत राजेश झाले जानकारी दिएका छन् ।