• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पूर्व मन्त्री जयप्रकाश गुप्तालाई मातृशोक

राजविराज, १४ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–८ निवासी पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई मातृशोक परेको छ ।
पूर्वमन्त्रीका आमा फुलेश्वरी देवी गुप्ताको ८५ वर्षको उमेरमा बुधवार अपराह्न १ बजेको समयमा आफ्नै घरमा निधन भएको हो । उनी केही समययता सामान्य विरामी परेकी थिईन् । मृतकका फुलेश्वरीका पति श्यामसुन्दर प्रसाद गुप्ता रहेका छन् । यसैगरी ६ सन्तान क्रमशः नयनतारा गुप्ता, अनन्दी गुप्ता, ललिता गुप्ता, जयप्रकाश प्रसाद गुप्ता, दिपक कुमार गुप्ता र विनय कुमार गुप्ता छन् ।
मृतकका जेठो छोरा जयप्रकाश विभिन्न समयमा पटक–पटक सूचना तथा सञ्चार, कृषि लगायतका मन्त्री भएका थिए । मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका वौद्धिक व्यक्तित्व उनी कुशल लेखक एवम् विष्लेशकको रुपमा चिनिन्छन् ।
यसैगरी मृतकका अर्का छोरा दिपक राजनीतिक एवम् सामाजिक क्षेत्रमा सक्रिय छन् । हाल उनी व्यवसायिक कृषि पेशालाई अपनाउँदै फलफुल खेतीतर्फ आकर्षित छन् ।
मृतक फुलेश्वरी देवीको अन्तिम संस्कार कञ्चनरुप नगरपालिका स्थित कोशी नदी (धनकट्टा)मा हिन्दू परम्परा अनुसार गरिने छोरा दिपकले जानकारी दिएका छन् ।