• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हाजिरी जवाफ प्रतियोगितामा मावि कचन्दाहा विजयी

हाजिरी जवाफ प्रतियोगितामा मावि कचन्दाहा विजयी

राजविराज, १४ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकामा बुधबार आयोजित नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा रामदयाल माध्यमिक विद्यालय सखुवा कचन्दाहा विजेता घोषित भएको छ ।
सामुदायिक विद्यालयको माध्यमिक स्तरीय हाजिरी जवाफ प्रतियोगितमा राजोवती माध्यमिक विद्यालय कुशहा द्वितिय, बुद्धिलाल विद्या मुनर माध्यमिक विद्यालय भगवतपुर बडहरी तृतीय र हियालाल माध्यमिक विद्यालय सखुवा सान्तवना स्थान प्राप्त गरेको छ । विजयी भएका विद्यालयलाई पुरस्कार प्रदान गर्दै प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले यस्तो प्रतियोगिताले सामुदायिक विद्यालयहरुप्रति अभिभावकको आकर्षण बढने र विद्यार्थीमा पनि थप ज्ञान हासिल हुने विश्वास व्यक्त गरे । विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिदै उनले विद्यार्थीको चौतर्फी ज्ञान, क्षमता विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।
शम्भुनाथ नगरपालिका वडा नम्वर– ४ सखुवा निवासी लक्ष्मीनारायण साह र पत्नी धनमन्ती देवी साहको १५ औ पुण्यतिथिको अवसरमा छोराहरु तारानन्द साह, श्यामकुमार साह, योगेन्द्रप्रसाद साह, सुशिलकुमार साह, प्रमोदकुमार साहले संयुक्त रुपमा सो प्रतियोगिता आयोजना गरेको हुन् । प्रतियोगितामा जनता माध्यमिक विद्यालय रामपुर जमुवा, माध्यमिक विद्यालय खोक्सर प्रवाहा सहित छ वटा विद्यालय सहभागी रहेको आयोजक हियालाल माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवनारायण यादवले जानकारी दिए ।