Top_Header_Right_Add

क्रिकेट प्रतियोगिताको दोश्रो दिन कोईलाडी र मन्सापुर विजयी

क्रिकेट प्रतियोगिताको दोश्रो दिन कोईलाडी र मन्सापुर विजयी

राजविराज, १२ फागुन । स्व.गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न पहिलो खेलमा कोईलाडी र मन्सापुर विजयी भएका छन् ।
सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तिलाठि कोईलाडी गाउँपालिकाको आयोजनामा सञ्चालित क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कोईलाडीले लौनियालाई ३८ रनले तथा मंसापुरले को मधेपुरालाई ३ बिकेटले विजयी भएको छ । पहिलो खेलमा टस जितेर लौनियाले कोईलाडीलाई ब्याटिङ्ग गर्दै १७ ओभरमा २ विकेट गुमाई १ सय २७ रनको योगफल खडा गरे । जसमा प्रमेश्वर ५२ रन तथा गुड्डु २७ रन जोडे । बलिङ्गतर्फ लौनियाका सुरेश कुमार रामले १ विकेट हात पारे ।
एक सय २८ रनको चुनौति लिई मैदानमा ओर्लेको लौनियाँले र्निधारित १७ ओभर खेल्दै ९ बिकेट गुमाएर ८९ रन मात्र जोड्न भ्याए । जसमा शिवसुन्दर मण्डल २६, मिथिलेश मण्डलले १५ रन बनाए पनि जितका लागि प्रयाप्त हुन सकेन । बलिङ्गतर्फ कोईलाडीका गुडुले ४ विकेट, सरोज २ तथा रोहित सिंह, रोबिन सिंह, जुगनुले १ र १ बिकेट हात पारे । खेलको म्यान अफ द म्याच गुड्डु घोषित भए ।
सोमवारै सम्पन्न दोस्रो खेलमा को.बरसाईन र मन्सापुर बिच भएको खेलमा टस जितेर को बरसाईनले १९ ओभर ५ बल खेलेर १ सय ७ रनको योगफल खडा गरे । जसमा राहुल सानी २२ राजेश दास १९ दिपेश सरदार १५ रन बनाएका थिए । बलिङ्गतर्फ मन्सापुरका महेश मण्डलले ४ ओभरमा १९ रन दिएर ५ विकेट हात पारे भने अजय मरिक ३, देवकी नन्दन २ बिकेट हात पारे ।
एक सय ८ रनको चुनौति लिई मैदानमा ओर्लेको मन्सापुरले १४ ओभर २ बलमा ७ बिकेट गुमाई विजयी हासिल गरे । जसमा धिरज मण्डल अविजित ३८ सुबोध मण्डलले १८ रन बनाएपछि जितका लागि सहज बनेको थियो । बलिङ्गतर्फ मन्सापुरका दिपेश सरदार, सुभाष शर्माले २ तथा विशाल शर्माले १ विकेट हात पारे ।
खेलको म्यान अफ द म्याच महेश मण्डल घोषित भएको आयोजक समितिका संतोषचन्द्र सिंहले जानकारी दिएका छन् । प्रतियोगिता अन्र्तगत मंगलवार पहिलो खेल सकरपुरा र मन्सापुर बिच तथा दोश्रो खेल को मधेपुरा र तोपा बिच हुने जनाईएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer