• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘एकात्मक शासन अन्त्य गर्न संविधान संशोधन आवश्यक’

‘एकात्मक शासन अन्त्य गर्न संविधान संशोधन आवश्यक’

बिरेन्द्र बजार, १२ फागुन । समाजवादी पार्टीका नेता सुर्यनाथ यादवले वर्तमान एकात्मक शासन प्रणाली अन्त्य गर्न संविधान संशोधन जरुरी रहेको बताएका छन् ।
समाजवादी पार्टी कञ्चनरुप नगरपालिकाद्वारा सप्तरीको कञ्चनपुरमा सोमबार आयोजित संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान संविधान एकात्मक शासन प्रणालीको संरक्षक भएको उल्लेख गर्दै यादवले संघीय गणतन्त्र राज्य प्रणालीलाई संस्थागत गर्न संविधान संशोधन जरुरी रहेको बताए ।
‘यादवले संविधानले मधेसी,आदिवासी जननजाति, दलित, मुस्लिम थारु, महिला र अल्पसंख्यकहरुको समस्या समाधान गर्न सकेन’ उनले भने ‘उत्पीडित समुदायको अधिकार सुनिश्चितताकालागि संविधान संशोधन हुनुपर्दछ ।’ पार्टीको भाबी नीति बारे प्रकाश पार्दै सप्तरी क्षेत्र नम्बर १ का बिसु अभियान्ता समेत रहेको यादवले संगठन निर्माण कार्यमा सक्रिय हुँदै आन्दोलनको तयारी गर्न निर्देशन दिए ।
समाजवादी पार्टी कञ्चनरुप नगरपालिकाका अध्यक्ष सुदम्बर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य जगदेव यादव, संघीय परिषद सदस्यद्वय श्यामदेव यादव, गुणानन्द चौधरी, जिल्ला सदस्यहरु बृजमान तामाङ, निलेश कुमार झा, दिनेश कुमार साह, रामदेव यादव, अशोक कुमार चौधरी, स्थानीय नेताहरू अनोज बहडखेर यादव, बलराम साह, अर्जुन यादव लगायतकाले समेत बिसु अभियानबारे मन्तव्य व्यक्त गरे ।
युवा नेता भुबनेश्वर (थापा) यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत जिल्ला सदस्य रामेश्वर कौडरिया यादवले गरे । सुदम्बर यादवको अध्यक्षतामा २८ सदस्यीय समाजवादी पार्टी कंचनरुप नगर समिति समेत गठन गरिएको छ ।