Top_Header_Right_Add
Crona Awareness

इज्तिमास्थलमा थालियो सामूहिक सरसफाई

‘उहाँहरुको सदैव आभारी रहनेछु’ नगर प्रमुख सिंहले भने–‘आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि छ।’
इज्तिमास्थलमा थालियो सामूहिक सरसफाई

राजविराज, ११ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ जाँजरस्थित आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा)स्थलमा थुपारिएको फोहोरका कारण दुर्गन्धित बन्न थालेपछि आइतवार सामूहिक रुपमा सरसफाई गरिएको छ ।
नगरपालिकाको आयोजनामा गरिएको सरसफाई कार्यक्रममा जिल्लाभरिका एक दर्जनभन्दाबढी सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारी र प्रतिनिधिहरुले सरसफाईमा जुटेर सहयोग गरेका हुन् । ‘१ सयभन्दाबढी विघा क्षेत्रफलमा फोहोर थुपारिएको नगरपालिकाले मात्रै सरसफाई गरेर सम्भव नहुने देखेपछि सवैलाई सरसफाई कार्यक्रममा जुट्न आग्रह गरेका थियौं’ नगर प्रमुख आतेशकुमार सिंहले भने–‘सोही आग्रहअनुसार उहाँहरुले तदारुकताकासाथ सरसफाई कार्यक्रममा सहयोग र साथ दिनुभएको छ।’


नगर प्रमुख सिंहले सरसफाईमा सहभागी भएका सम्पूर्ण सरकारी तथा गैर सरकारी संघ संस्थाआवद्ध पदाधिकारी र प्रतिनिधिहरुमा आभार व्यक्त गरेका छन । ‘उहाँहरुको सदैव आभारी रहनेछु’ उनले भने–‘आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि छ।’ सरसफाई कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सशस्त्र प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरी, भिम दल गणका पदाधिकारी र प्रतिनिधिहरुको सहभागीता थियो ।

यसैगरी, इज्तिमा आयोजक समिति जाँजर, सप्तरी युथ नेपाल, ग्रिन नेपाल, राजविराज जेसिस, सबल नेपाल, विवेकशिल नेपाल, नयाँ समाज विकास प्रतिष्ठान, छिन्नमस्ता विकास केन्द्र, समग्र जनउत्थान केन्द्र लगायतका संघ संस्थाआवद्ध व्यक्तिहरुको सहभागीता रहेको जनाएको छ ।
गत फागुन ३, ४ र ५ गते आयोजना गरिएको धार्मिक सम्मेलन इज्तिमामा नेपाल भारतका झण्डै तीन लाख मुस्लिम समूदायको सहभागीता थियो ।

About The Author