Top_Header_Right_Add
Crona Awareness

तीन जनाको मृत्यु

तीन जनाको मृत्यु

राजविराज, ०५ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका तीन जना भारतीय नागरिकको मृत्यु भएको छ । शनिवारदेखि सुरु भएको सम्मेलनमा सहभागी हुन आएका विहार मोतिहारी ग्रामका ७४ वर्षीय हारुन रसिक, विहारकै भुतहा बेतीयाका ६२ वर्षीय नेक मोह्मद र अर्को विरपुरका एक जना गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले हृदयघाटका कारण शनिवार दुवै जनाको मृत्यु भएको बताएका छन । स्थानीयका अनुसार मोह्मदको पनि सोमवार हृदयघातकै कारणले मृत्यु भएको छ । सम्मेलनमा अन्य कुनै घटना नभएको सप्तरी प्रहरीले जनाएको छ ।

About The Author