• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नरेशप्रतापको नेतृत्वमा एनप्याब्सनको नयाँ कार्यसमिति

नरेशप्रतापको नेतृत्वमा एनप्याब्सनको नयाँ कार्यसमिति

राजविराज, ३ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सप्तरीको शुक्रवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट नरेश प्रताप साहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
अध्यक्षमा चयन भएका साह शिव इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजबिराजका संस्थापक एवम् प्रिन्सिपल हुन् । समितिको उपाध्यक्षमा दुर्गा प्रसाद यादव (ओम शान्ति ईंङ्गलिश बोर्डिङ स्कुल, तोपा), सचिवमा दिनेश कुमार साह (लाली गुराँस सेकेण्डरी स्कुल, राजबिराज), सह–सचिवमा रामानन्द चौधरी (पायनियर सेकेन्डरी स्कुल, फत्तेपुर), कोषाध्यक्षमा प्रकाश चौधरी (मुन लाइट ईङ्गलिश स्कुल, कडरबोना) सह–कोषाध्यक्षमा बिरेन्द्र प्रसाद साह (पशुपतिनाथ सेकेन्डरी स्कुल, रुपनी ), सदस्यमा क्रमशः वसन्त चौधरी (सनराइज एजुकेसनल एकेडेमी बनरझुला, रन्जु साह (छिन्नमस्ता एकेडेमी काचन ), सत्यनारायण मण्डल (विद्यासागर ईङ्गलिस बोर्डिङ स्कुल को.बर्साइन), सञ्जय चौधरी (स्टार एजुकेसनल एकेडेमी शम्भुनाथ) श्रीराम मण्डल (सिद्धीदातृ ज्ञानकुप ईङ्गलिस बोर्डिङ स्कुल लौनियाँ) रहेका छन् ।