Top_Header_Right_Add
Crona Awareness

तिलाठी कोइलाडीमा छोरी शिक्षा बीमा कार्यक्रम शुरु

तिलाठी कोइलाडीमा छोरी शिक्षा बीमा कार्यक्रम शुरु

राजविराज, ३ फागुन । तिलाठी कोइलाडी गाउँपालिकामा शनिबारदेखि मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा÷मुद्दति बचत कार्यक्रम शुरु भएको छ ।
गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले छोरी शिक्षा बिमा÷मुद्दति बचत कार्यक्रम अन्तर्गत एक जना बालिकाको बिमा कागज हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् । तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर १ तिलाठीमा शनिबार पहिलो दिन शिविर सञ्चालन गरिएको हो । आइतबार वडा नं. ४ कोइलाडीस्थित जिरिया हाटमा शिविर सञ्चालन गरिने छ ।
पहिलो दिन शिविरमा ७ वटा वडाका गरी एक सय तीन जना बालिकाको बिमा गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेश कुमार झाले जानकारी दिएका छन् । बिमा गरिएकामध्ये वडा नं. १ का ३१ जना, वडा नं. २ का ३० जना, वडा नं. ३ का १३ जना, वडा नं. ४ का ९ जना, वडा नं. ५ का ७ जना, वडा नं. ७ का एक जना र वडा नं. ८ का १२ जना बालिकाको बिमा गरिएको सूचना अधिकारी झाले बताए । शिविरमा आएका बालिकाहरुको स्वास्थ्य जाँच समेत गरिएको थियो । स्वास्थ्य जाँच शिविरमा आएका बालिकामध्ये तीन जना कुपोषित देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका दिपक कुमार मण्डलले जानकारी दिए ।
स्वास्थ्य जाँचमा तिलाठी स्वास्थ्य चौकीका दिपेन्द्र झा, कोइलाडी स्वास्थ्य चौकीका जय प्रकाश साह लगायतकाले स्वास्थ्य जाँच गरेको र स्वास्थ्य जाँच शिविर आइतबार समेत राखिने गाउँपालिकाका स्वास्थ्य संयोजक शैलेशकुमार मिश्रले बताए । २०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकाहरुको बिमा गर्ने कार्य भईरहेको छ जसमा प्रभु बैंकले बिमा गरिरहेको जनाईएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।