Top_Header_Right_Add
Crona Awareness

जेसीजद्वारा ‘प्रि–ईन्डक्सन एवम् लोम अफिसर्स’ तालिम

जेसीजद्वारा ‘प्रि–ईन्डक्सन एवम् लोम अफिसर्स’ तालिम

राजविराज, ३ फागुन । सप्तरीको राजविराज जेसीजद्वारा ‘प्रि–ईन्डक्सन एवम् लोम अफिसर्स’ सम्बन्धी एकदिने तालिम शनिवार फागुन ३ गते शनिबार राजविराजमा आयोजना गरियो ।
नियमित कार्यक्रम अन्तर्गत सञ्चालित तालिमको उद्घाटन गर्दै राजविराज जेसीज वर्ष १९९३ का अध्यक्ष गोबिन्द काबराले जेसीजले कुशल र असल व्यक्तित्व निर्माण गर्ने बताए । जेसीजबाट उत्पादित नेतृत्व समाजमा बिक्ने र सबैले मान्ने हुनुपर्ने काबराले जानकारी दिए ।
राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवालको अध्यक्षता एवम् नयाँ कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको तालिममा नेपाल जेसीज एरिया ए का पूर्व तालिम कोर्डिनेटर भुवन राउतले प्रशिक्षण दिए । प्रशिक्षक राउतले जेसीजमा आबद्ध सबैका लागि तालिम आवश्यक रहेको बताउँदै जेसीजको विधान अनुसार तालिम, वैठक, सम्मेलनमा सहभागी नहुने सदस्यले नेतृत्व लिन नसक्ने बताए । कार्यक्रममा सहभागीलाई जेसीआई, नेपाल जेसीज, राजविराज जेसीजको ईतिहास, शाखाका पदाधिकारीहरुको काम कर्तव्य र अधिकारलगायतका विषयमा प्रशिक्षण दिइएको छ । राजविराज जेसीजका अध्यक्ष कटवालले तालिमको औचित्यमाथि प्रकाश पार्दै युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशिलताको विकासका लागि प्रत्येक महिना आवश्यक र फलदायी तालिमको योजना बनाइएको जानकारी दिए ।
महासचिव खेलानन्द दासले सञ्चालन गरेको कार्यक्रममा तालिम संयोजक रबी रायले स्वागत तथा कार्यकारिणी उपाध्यक्ष विप्लब आनन्दले धन्यवाद ज्ञापन गरे । कार्यकारिणी उपाध्यक्ष गणेश दासले जेसीज आस्था वाचन गरे । नेतृत्व विकासकोलागि तालिम उपयोगी रहेको भन्दै सहभागी रञ्जना चौधरीले प्रशिक्षणबाट आफूहरु उत्साहित भएको बताईन् । राजविराज क्षेत्रका युवाहरुलाई समेट्दै सन् १९७६ मा राजविराज जेसीज स्थापना भएको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।