• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जङ्गली हात्तीले घर भत्काएपछि सहारा खोज्दै एकल महिला राई

जङ्गली हात्तीले घर भत्काएपछि सहारा खोज्दै एकल महिला राई

बृजमान तामाङ
बिरेन्द्र बजार, २ फागुन । श्रीमानको मृत्युको पीडाले मनभित्र लागेको गहिरो चोटको खाटा नबस्दै फेरि अर्को पीडा थपिएको छ अग्निसाईर कृष्णासवरन गाउँपालिकाका वडा नम्बर २ का एकल महिला कृष्णामाया राईलाई ।
जङ्गली हात्तीको समुहले बिहिवार राती घर घरतोडफोड गरेपछि सहाराको खोजीमा उनी सरकारी कार्यालय धाउँदै आएकी छिन् । हात्तीले भत्काएको घरको तस्विर हातमा बोकेर राहतको लागि वडा नम्बर २ वडा कार्यालयमा उनी बसिरहेकी थिईन् । ‘हात्तीले भत्काई दियो’ उनले भनिन् ‘यहाँ राहत दिन्छ भनेको सुनेर आएको थिए सर । राहातका लागि के प्रक्रिया अपनाउनु पर्ने ज्ञान समेत नभएकी उनी कसैको सहारा खोजी रहेको जस्तो देखिन्थ्यो ।’
श्रीमानको बितेको पनि यो फागुनमा दुई बर्ष पुग्दैछ राईले थपिन्, कमाउने भन्ने कोही छैन । घर कसरी बनाउनु उनले दुखेसो पोखिन् । एक्लो भएपछि आफन्तहरु पनि टाढा हुँदो रहेछ माईती समेत गाउँमै भएकी राईले दुःख व्यक्त गरिन् । राईलाई वडा कार्यालय, प्रहरी कार्यालयको सिफारिसमा गाउँपालिका बाट ५ हजार राहत उपलब्ध हुने कुरा थाहा पाईकी रहेछिन् ।
सामान्य लेखापढी समेत नभएका उनलाई राहत लिन भने पाहाड उल्टाउनु जस्तो लागेको छ । उनी सरकारी कार्यालय चहारीरहेकी छिन् । राती आएको हात्तीले घर तोडफोड गरि मकै, चामल, कोदो, खाट, भाडाकुडामा क्षति गर्दा एक लाख बराबरको धनमाल नष्ट गरेको बताईन । उनी एक प्रतिनिधि पात्र मात्र हुन् ।
यस क्षेत्रमा बसोबास गर्ने अधिकांशको पीडा उनको भन्दा फरक छैन । बनिबुतो गरेर ल्याएको खानेकुरा समेत चैनले खान पाएको छैन । रात पर्नासाथ हात्तीको आक्रमणको त्रासले जाग्राम बस्नुपर्ने उनीहरुको दैनिकी नै बनेको छ । बर्सेनी घर तोडफोड र अन्नबालीमा क्षति गरे पनि हात्ती नियन्त्रणतर्फ कसैले चासो नदिएको उनीहरुले गुनासो गरेका छन् । हात्तीका कारण सयौं परिवार घरवारविहीन भएका छन् भने दर्जनौं वस्ती बिस्थापित भएका छन् । हात्ती प्रभावित क्षेत्रका हजारौं बिघा खेतीयोग्य जमिन बाँझै रहने गरेका छन् ।