• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

राजविराजमा अन्तरविद्यालय स्तरिय क्रिकेट प्रतियोगिता सुरु

राजविराजमा अन्तरविद्यालय स्तरिय क्रिकेट प्रतियोगिता सुरु

राजविराज, २ फागनु । स्थानिय राजरंगशालामा शुक्रबारदेखि अन्तर विद्यालय जिल्ला स्तरिय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
उद्घाटन खेलमा नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयले गौतम शिशु सदनलाई ८ विकेटले हराउँदै बिजयी सुरुवात गरेको छ । टस जितेर पहिले व्याटिङ्ग रोजेको नरेन्द्र मेमोरियल जनता मा.वि.ले २ विकेटको क्षतिमा २ सय ६५ रनको बिशाल योगफल तयार पारेको थियो ।
नरेन्द्र मेमोरियलका लागि रविन्द्र यादवले नटआउट १ सय ६ तथा अखिलेश यादवले नटआउट १ सय २ रनको योगदान दिए । २ सय ६६ रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेको गौतम शिशु सदन १६.५ ओभरमा सम्पूर्ण विकेट गुमाई ९९ रनमै समेटिएको थियो ।
फागुन १० गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १८ वटा सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको माध्यमबाट विद्यालयहरुमा लुकेर बसेको प्रतिभालाई उजागर गर्ने उदेश्यले क्रिकेट विकास प्रतिष्ठान सप्तरीको आयोजनामा पहिलो पटक उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले ब्याटिङ्ग तथा प्रिन्सिपल विजयानन्द झाले बलिङ्ग गरी उद्घाटन गरेका थिए । आयोजक समितिका अध्यक्ष ई. ईन्द्र नारायण देवको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसाली, बरिष्ठ पत्रकार शिवहरी भट्टराई, प्रिन्सिपल कामानन्द देव, क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।