• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको जाँजरमा इज्तिमा सञ्चालन गर्न प्रशासनद्वारा रोक

सप्तरीको जाँजरमा इज्तिमा सञ्चालन गर्न प्रशासनद्वारा रोक

राजविराज, ०१ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ जाँजरमा आयोजना गर्न लागिएको ‘इज्तिमा नेपाल २०२०’ मा प्रशासनद्वारा रोक लगाइएको छ ।
फागुन ३, ४ र ५ गते हुने भनिएको सो इज्तिमा रोक्न विहिवार गृह मन्त्रालयले नै निर्देशन गरेपछि रोक लगाइएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन् । सुरक्षा चुनौतीको विषयलाई लिएर इज्तिमा रोक्न भनिए पनि प्रशासनले भने कारण खुलाएको छैन । कार्यक्रममा आईपुगेका अतिथिहरुलाई आयोजकसँग समन्वय गरेर सम्मान फिर्ता पठाईने तयारी भईरहेको उनले बताए ।
स्थानीयका अनुसार सो इज्तिमामा देश तथा विदेशका ३० हजारबढी मुस्लिम समूदायहरुको भेला हुने कार्यक्रम थियो । हालसम्म इज्तिमामा सहभागी हुन देश–विदेशका करिब २० हजार मुस्लिम समूदाय कार्यक्रमस्थलमा उपस्थित भईसकेका छन् । यद्यपी इज्तिमा सञ्चालन गर्न दिनकालागि मुस्लिम समुदायका अगुवाहरु प्रयासरत छन् ।