• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नव निर्वाचित राष्ट्रिय सभा सदस्यद्वय मृगेन्द्र र शेखर सम्मानित

सप्तरीको विकासकालागि प्रयासरत रहने प्रतिवद्धता
नव निर्वाचित राष्ट्रिय सभा सदस्यद्वय मृगेन्द्र र शेखर सम्मानित

राजविराज, १ फागुन । राष्ट्रिय सभामा सप्तरीबाट निर्वाचित सांसदहरुलाई विहीबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समितिद्वारा जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित कार्यक्रममा नव निर्वाचित राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमा सिंहलाई सम्मान गरिएको हो । पार्टीका जिल्ला अध्यक्ष मण्डल सदस्य हरेराम यादबको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा सम्मान ग्रहण गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष यादवले सप्तरीको समग्र विकासकालागि आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । सप्तरीमा रहेका समयस्याहरुलाई सम्वोधन गर्नकालागि आफुले माथिल्लो सदनमा आवाज उठाउनुकासाथै सम्वन्धित निकायमा समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पार्टीका अर्का वरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंहले मधेश र मधेशी जनताको माग अझैं सम्वोधन हुन नसकेको बताउँदै आफुहरुलाई विश्वास गरेर नै राष्ट्रिय सभामा पठाएको चर्चा गरे । आगामी दिनमा अधिकार, विकास र समृद्धिको मुद्दालाई सशक्त रुपमा आफुहरुले उठाउने दावी गर्दै सल्लाह सुझाव समेतको उनले अपेक्षा गरे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेश सभा सदस्य नेत्रबिक्रम साह, राजपा महासचिव जयप्रकाश ठाकुर, राजपा केन्द्रीय सहमहासचिव गजेन्द्र कुमार मण्डल, राजपा केन्द्रिय कोषाध्यक्ष माधवी साह, जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादब, राजपा केन्द्रिय सदस्य बिशेश्वर रजक, जागेश्वर राय, दिपेन्द्र चौधरी, राजविराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साह, छिन्मस्ता गाउँपालिका–७ का वडा अध्यक्ष प्रमिला यादव लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे ।
सोही कार्यक्रममा छिन्मस्ता गाउँपालिका–७ का वडा अध्यक्ष प्रमिला यादव समेतलाई सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन राजपा सचिव मनोज कुमार झाले गरे ।