• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

समाज निर्माणमा जातिय संस्थाहरुको योगदान अतुलनीयः कानून मन्त्री यादव

समाज निर्माणमा जातिय संस्थाहरुको योगदान अतुलनीयः कानून मन्त्री यादव

बृजमान तामाङ
लालबन्दी, १ फागुन । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जातिय संघ–संस्थाले नमुना र समृद्ध समाज निर्माण गर्न योगदान गरेको बताएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिकामा बुधबार नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री यादवले जातिय संघ–संस्थाले सामाजिक रुपान्तरणका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । नेपाल बहुभाषिक, बहुसाँस्कृतिक सभ्यता भएको देश भनेर बिश्वले चिनाएको छ , मन्त्री यादवले भने, जातिय संघसंस्थाले मुलुकलाई चिनाउन नेपाली संस्कृति जगेर्नामा ठुलो योगदान गरेको छ ।
जातिय संघसंस्थाहरुले सामाजिक विकृति न्यूनिकरण गरि समाज सुधार गरि नमुना र समृद्ध समाज निर्माणमा योगदान गरेको चर्चा गर्दै मन्त्री यादले प्रदेश सरकारले जातिय संघसंस्थालाई पुर्ण रुपले सहयोग गर्ने प्रतिद्वता व्यक्त गरे । पहिचान र अधिकारकालागि प्रदेश सरकार समेत संघर्षरत रहेको बताउँदै प्रमुख अतिथी मन्त्री यादवले सदियौदेखिको उत्पीडन र भेदभाव परेको समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
नेपाल तामाङ संघीय घेदुङका अध्यक्ष मोहन गोलेले ताम्सालिङ सहितका तामाङ समुदायको खोसिएको अधिकार सुनिश्चित गर्न आन्दोलन गर्ने चेतावनी दिए । राज्यले तामाङ माथि दमन, भेदभाव र अन्याय गरेको ईतिहास केलाउदै गोलेले त्यसको क्षतिपुर्ती स्वारुप आफ्नो भुगोल फिर्ता नगरे आन्दोलनबाट ब्याज सहित चुक्ता लिने उद्घोष गरे ।
नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ का अध्यक्ष डेनोक मोक्तान तामाङको अध्यक्षताको आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य सन्चमाया मोक्तान, शोभा लामा लगायतकाले समेत सम्बोधन गरे । नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ का सचिव राम बहादुर घ्लानद्वारा कार्यक्रममा स्वागत उपाध्यक्ष सरिता बलले गरिन् ।
अधिवेशनबाट आगामी ४ बर्षे कार्यकालकालागि नयाँ नेतृत्व समेत चयन गर्ने जनाएको छ । अधिबेशनमा प्रदेश नम्बर २ का ८ वटै जिल्ला र स्थानीय तहका गरि १ सय ७७ जना प्रतिनिधिहरुको सहभागीता रहेको अधिवेशन तयारी समितिका संयोजक संजिव मोक्तानले जानकारी दिए ।