• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको बोदेवरसाईनमा लुटेरा समूहद्वारा गोली प्रहार

युवक डम्बर यादवको घटनास्थलमै मृत्यु
सप्तरीको बोदेवरसाईनमा लुटेरा समूहद्वारा गोली प्रहार

सप्तरी, २९ माघ । लुटेरा समूहले चलाएको गोली लागेर सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर– ५ जाँजरका एक युवकको बुधबार मृत्यु भएको छ ।
भारतको झन्झारपुरबाट समान खरिद गरेर घर फर्किने क्रममा २२ वर्षीय डम्बर यादवमाथि गोली प्रहार भएको हो । स्कोरपियोमा फर्किने क्रममा यादवमाथि गोली हुँदा उनको घटनास्थलमै मृत्युु भएको जनाएको छ । यादवको शव बुधबार साँझ घर ल्याई दिएपछि घटना सार्वजनिक भएको हो ।
मोटरसाईकलमा सवार रहेका लुटेरा समुहले पछाडिबाट गाडी रोक्न भन्दा नरोकेपछि चालक यादवमाथि गोली प्रहार गरि फरार भएको बताईएको छ । यादवसँगै स्कोरपियोमा सवार बोदेबरसाईन नगरपालिका वडा नम्बर ८ काचनका सुरेन्द्र यादव र सोही ठाउँका अनिलकुमार यादव सकुशल रहेको स्थानीय उमेश साहले जानकारी दिएका छन् ।
यस विषयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले घटनाबारे आफुलाई हालसम्म जानकारी नभएको तथा सोबारे विस्तृत बुझ्ने कार्य भईरहेको बताएका छन् ।