Top_Header_Right_Add

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा क्रिकेट टिमलाई खेल सामग्री

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा क्रिकेट टिमलाई खेल सामग्री

राजविराज, २९ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा बुधबार एक कार्यक्रमका बीच वडा स्तरीय क्रिकेट टिमलाई क्रिकेट खेल सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाले गत बर्षदेखि सञ्चालन गरेको गजेन्द्रनारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताका लागि आठ वटै टिमलाई एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले क्रिकेट खेल सामग्रीहरु हस्तान्तरण गरेका हुन् । आठ वटै वडाका वडा अध्यक्षहरुको सहभागितामा अध्यक्ष सिंहले क्रिकेट सामग्रीहरु हस्तान्तरण गरेको गाउँपालिकाका सूचना अधिकारी राजेश कुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार यस बर्ष गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता फागुन ११ गतेदेखि माध्यमिक विद्यालय कट्टीको खेल मैदानमा सञ्चालन गरिने छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।