• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

दादुरा रुबेला सम्बन्धी गाउँपालिकास्तरीय अभिमुखीकरण

दादुरा रुबेला सम्बन्धी गाउँपालिकास्तरीय अभिमुखीकरण

राजविराज, २७ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमबार दादुरा रुबेला सम्बन्धी गाउँपालिकास्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
गाउँपालिकाका अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । खोजौं र खोपौं नाराका साथ आयोजित सो अभिमुखीकरणमा ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई दादुरा रुबेला खोप र ५ बर्षमुनीकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको स्वास्थ्य शाखाका शैलेशकुमार मिश्रले जानकारी दिएका छन ।
गाउँपालिकावासिलाई पायक पर्ने स्थानहरुमा खोप केन्द्र राखिने र खोप दिने ब्यक्तिहरुलाई तालिम समेत प्रदान गरिएको छ । बालबालिकाहरुलाई खोप केन्द्रसम्म ल्याउन प्रेरित गर्न महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई तालिम समेत प्रदान गरिएको छ । बालबालिकाका अभिभावकलाई महिला स्वास्थ्य स्वयम्सेविकामार्फत निमन्त्रणा पत्र पठाइने गाउँपालिकाको स्वास्थ्य शाखाका अधिकृत भूपेन्द्र झाले बताए ।
मिजल्स भाइरसका कारण लाग्ने दादुरा रोग बालमृत्यु हुने प्रमुख कारणको रुपमा रहेको अधिकृत झाले बताए । गाउँपालिकाभरिका गरी ४ हजार ३३२ जना ९ महिनादेखि ५ बर्षसम्मका र ५ हजार २६८ जना पाँच बर्षमुनीका बालबालिकालाई पोलियो थोपा खुवाइने उनले बताए ।