• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रामधुनी स्पोर्टस क्लव झुम्काको जित

राजविराज, २५ माघ । सप्तरीको खडक नगरपालिका वडा नम्वर ११ डंगराहीमा सुरु भएको १० औं पचशिल्ड फुटबल प्रतियोगितामा रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले विजयी शुरुवात गरेको छ ।
प्रतियोगिताको शनिवार सम्पन्न उद्घाटन खेलमा गाईघाट स्पोर्टस क्लब गाईघाट उदयपुरलाई टाईब्रेकरमा तीनका बिरुद्ध चार गोल अन्तरले पराजित गर्दै झुम्का बिजयी भएको हो ।
प्रतिष्पर्धात्मक खेलमा दुबै टीमले एक एक गोलको बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । बजरंग युवा क्लब डंगराहीको आयोजनामा शुरु भएको प्रतियोगिता अन्तर्गत आईतवारको खेल गोलबजार फुटबल क्लब गोलबजार सिरहा र मोतिगाडा फुटबल क्लब मोतिगाडा उदयपुरबीच हुने आयोजकले जनाएको छ । आयोजक क्लबका अध्यक्ष सुनिलकुमार चौधरीको अध्यक्षतामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा खडक नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष राजेन्द्र प्रसाद चौधरी, पुर्व गाविस अध्यक्ष सत्रुधन प्रसाद साह लगायतले बोलेका थिए । सप्तरी, सिरहा, उदयपुर र सुनसरीका बिभिन्न ८ क्लबको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल फागुन ५ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका बिजेताले नगद ३५ हजार रुपैयाँ तथा कप हात पार्ने छ भने उपबिजेताले नगद २५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने जनाएको छ ।