Top_Header_Right_Add

आदर्श सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न

आदर्श सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न

बोधराज सुवेदी
महुली, २५ माघ । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको वडा नम्वर–६ महुली स्थित आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाद्वारा सञ्चालित आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा शनिवार आयोजित एक भब्य समारोहका बिच अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पर्शुराम चौधरीले उक्त साधारण सभाको फुलको विरुवामा पानी हालेर उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि चौधरीले संस्थाले अघि सारेका कृषकमुखी विभिन्न कार्यक्रमहरुको खुलेर प्रशंसा गरे ।
दुध उत्पादनको क्षेत्रमा देशमै नमुनाको रुपमा रहेको उक्त संस्थाले नाफामुखी भन्दा पनि अधिक सेवामुखी कार्यक्रमहरु ल्याउनुपर्ने उनले सुझाव दिए । गाउँपालिकाभित्र आर्थिक, सामाजिक र उत्पादनको क्षेत्रमा सबैभन्दा सक्षम र वढी सृजनशिल कार्यक्रमहरु सञ्चालन गरेर रोजगारी प्रर्वद्धनमा समेत संस्थाको उल्येख्य योगदान रहेको चर्चा गर्दै अध्यक्ष चौधरीले कतिपय कानुनी जटिलताले आफुलाई बाँधेको हुँदा चाहेर पनि मनखोलेर सहयोग गर्न नसकेकोमा दुःख ब्यक्त गरे । जिम्मेवार जनप्रतिनिधी भएको नाताले विभिन्न जटिल परिस्थितिका वावजुद पनि आफ्नो कार्यकालमा संस्थालाई सक्दो सहयोग गर्ने वचनवद्धता ब्यक्त गर्दछु’, उनले भने, ‘म पनि किसानको छोरो हुँ किसानको समस्याहरु समाधान गर्न र माग पुरा गर्न कटिवद्ध रहनेछु ।’
कार्यक्रममा संस्थाको विभिन्न कारोबारमा उल्लेख्य योगदान गर्ने १६ जना उद्यमी किसानहरुलाई दोसल्ला ओढाएर मायाको चिनोले सम्मान गरियो । यसैगरी सबैभन्दा बढी दुध उत्पादन गर्ने किसान अर्जुन सापकोटा, नमुना व्यवसायिक कृषकद्वय दुर्गानन्द चौधरी र बेचन यादवलाई दोसल्ला र मायाको चिनोको साथमा क्रमसः दश हजार र पाँच पाँच हजार नगद पुरस्कार प्रदान गरियो । संस्थाकी कर्मचारी अनिता पौडेललाई वर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष दीपेन्द्र कुमार आचार्यको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरी, वडा नम्वर ६ की अध्यक्ष कुसुम आचार्य, साविकको वकधुवा गाविसका पूर्व अध्यक्ष मोतिलाल चौधरी, नेपाल रेडक्रस सोसाइटी सप्तरीका कोषाध्यक्ष चित्रनारायण यादव, साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक अर्जुन कोइराला, जिल्ला दुध उत्पादक संघका अध्यक्ष भुवन आचार्य, संस्थाका संरक्षक दिब्यराज सुवेदी लगायतले संस्थाको कार्य प्रगतिको प्रशंसा गर्दै संस्थागत लाभमा सवैलाई समेटेर अगाडी वढन सुुझाव दिए ।
संस्थाका सह–ब्यवस्थापक बोधराज सुवेदीले सञ्चालन गरेको सो कार्यक्रमा व्यवस्थापक प्रभुनाथ कोइरालाले स्वागत मन्तब्य ब्यक्त गरे भने अध्यक्ष दीपेन्द्र आचार्यले प्रगति प्रतिवेदन र आगामी वर्षको कार्यक्रम प्रस्तुत गरे । त्यसैगरी सञ्चालक सदस्यद्धय दुर्गा प्रसाद भट्टराई र डम्बर कुमार बस्नेत तथा लेखा समितिका संयोजक श्रीप्रसाद अर्यालले क्रमशः विद्यालय, डेरी उद्योग र लेखाको प्रतिवेदन प्रस्तुत गरे भने लेखापाल राजकुमार आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।