• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा सर्वाधिक १ हजार १२ छोरीको विमा, प्रदेश २ मा हालसम्म ५ हजार ८ सय ८८ बिमा

सप्तरीमा सर्वाधिक १ हजार १२ छोरीको विमा,  प्रदेश २ मा हालसम्म ५ हजार ८ सय ८८ बिमा

राजविराज, १३ माघ । प्रदेश नम्वर २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छोरी शिक्षा विमा शिविरमा सर्वाधिक सप्तरी जिल्लाबाट बिमा गराएको छ ।
जिल्लाको विभिन्न ६ स्थानीय तहमा सञ्चालन गरिएकोमा शिविरमा सर्वाधिक १ हजार १२ छोरीहरुको बिमा गरिएको हो । ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमकी संयोजक प्रियंका यादवका अनुसार बोदेवर्साइन नगरपालिकामा १ सय ८४ जना छोरीको बिमा गरिएको छ । यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकामा २ सय ९३, डाक्नेश्वरी नगरपालिकामा २ सय ७६, अग्नीसाइर कृष्णासवरणमा १ सय २१, कञ्चनरुप १ सय २४ र सबभन्दा कम तिरहुत गाउँपालिकामा २४ जना छोरीको विमा गरिएको उनले जानकारी दिईन् । उनका अनुसार सिरहा जिल्लामा ९ सय, धनुषामा ४ सय ८०, महोत्तरीमा ६ सय ४५, सर्लाहीमा ८ सय ५५, बारामा ९ सय ५२, पर्सामा ४ सय ६३, रौतहटमा ४ सय ६३ समेत गरी ५ हजार ८ सय ८८ छोरीको विमा गरिसकिएको छ ।
२०७५ माघ १ गते यता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा विमा गरि दिने घोषणा गरे अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाटै अभियान सञ्चालन गरिएपनि प्रभावकारी हुन नसकेपछि एकयता जन्मिएका सबै छोरीहरुको विमा गर्ने उद्देश्यकासाथ शिविर मार्फत बिमा कार्यक्रमलाई प्राथमिकताकासाथ अगाडि बढाईएको छ ।
विमाकालागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुवामध्ये १ जनाको नागरिकता र बच्चा तथा अभिभावकको ६ ÷६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविर मार्फत सबै प्रक्रिया पुरा गर्ने गरि आवश्यक प्रबन्ध मिलाएको छ । उक्त शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।
गत माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको विरगञ्जका साथै आठ वटै जिल्लामा एक साथ शुरु गरिएको शिविर फागुनको पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालन हुने । उक्त शिविर महानगरमा ४ दिन, उप–महानगरमा ३ दिन, नगरपालिकामा २ र गाउँपालिकामा एक दिन सञ्चालन गरिने ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमकी संयोजक प्रियंका यादवले बताईन् ।
शिविरमा विमा गराउने बालिकाको परिवारले तीन महिनाकोलागि सुविसुको फ्रि इन्टरनेट सेवा समेत पाउने मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्राले जानकारी दिएका छन् ।