• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सपा र राजपा गठबन्धनको सरकार पाँच वर्ष फेरिदैनः मुख्यमन्त्री राउत

सपा र राजपा गठबन्धनको सरकार पाँच वर्ष फेरिदैनः मुख्यमन्त्री राउत

जनकपुरधाम, १३ माघ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राष्ट्रिय जनता गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने दावी गरेका छन् ।
नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नम्वर २ को प्रथम वार्षिकोत्सव सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले हल्लाको पछाडी नलाग्न आग्रह गरे । ‘हल्लाको पछाडी नलाग्नुस, यो सरकार मधेश जनताको म्यान्डेटले बनेको हो, पाँच वर्षसम्म चल्छ, न सरकार फेरिन्छ, न मन्त्री’ उनले भने ‘भ्रम र हल्लाको पछि नलाग्न आग्रह छ ।’
संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुट डालेर संघीयतालाई नै संघीय सखाप पार्ने षडयन्त्र गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले दुबै दलका शीर्ष नेताहरुले चयन गरेको मन्त्री फेर्ने काम नहुने स्पष्ट पारे । प्रदेश सरकार सिक्ने क्रममा रहेको र कर्मचारी तन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु आएको स्वीकार गर्दै उनले देशको संघीयता जोगाउने अभिभारा प्रदेश नम्वर २ माथिनै रहेकाले आफुहरु झिना मसिना कुरामा नअल्झिने समेत स्पष्ट पारे ।
मुख्यमन्त्री राउतले गत आर्थिक वर्षको भुक्तानी गर्न कानूनी समस्याहरु आएकोले ढिलो हुन गए पनि अबको केही दिनमै नियमावली बनाएर भुक्तानी दिने तैयारी प्रारम्भ भईसकेको स्पष्ट पारे । नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नम्वर २ का अध्यक्ष नन्द किशोरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले इन्जिनियर्संहरुको सेवा सुविधाकोलागी आफुले सक्दो सहयोग गर्ने प्रदेश सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गरे ।