Top_Header_Right_Add

फागुनमै स्ववियु निर्वाचन गराउन क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र

फागुनमै स्ववियु निर्वाचन गराउन क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र

राजविराज, १३ माघ । स्ववियु निर्वाचन आगामी फागुन महिनामै हुनुपर्ने माग गर्दै चार वटा विद्यार्थी सङ्गठनले सोमवार सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका क्याम्पस प्रमुखलाई ध्यानाकर्षण–पत्र गराएका छन् ।
समाजवादी विद्यार्थी, नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी र राष्ट्रिय विद्यार्थी संघले सो ध्यानाकर्षण पत्र क्याम्पस प्रमुख डा.सर्वेशचन्द्र मिश्रालाई बुझाएका हुन् । ध्यानाकर्षण–पत्रमा विभिन्न कारणले विगत ११ वर्षदेखि स्ववियु निर्वाचन नभएको उल्लेख गर्दै यस वर्ष निर्वाचन गराउनेतर्फ ध्यान पुर्याउन क्याम्पस प्रशासनसँग आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्र वुझ्दै क्याम्पस प्रमुख मिश्राले निर्वाचनकालागि आफुहरुपनि तत्पर रहेको भन्दै निर्वाचन गराउने विषयमा माथिल्लो निकायसँग आवश्यक जानकारी लिने प्रतिक्रिया दिएका छन् । ‘निर्वाचन गराउने विषयमा माथिल्लो निकायले के कस्तो तयारी गरेको छ भन्ने विषयमा आवश्यक जानकारी लिन्छु’ उनले भने ‘निर्वाचन सम्वन्धमा त्यहाँबाट पाउने जानकारी आगामी बुधवार सवैमा गरानेछु ।’
यसअघि चारवटै विद्यार्थी संगठनका पदाधिकारीहरुले बैठक बसेरै फागुन महिनामै निर्वाचन गराउनेतर्फ ध्यानाकर्षणसहित विभिन्न निर्णय गरेको समाजवादी विद्यार्थीका केन्द्रिय सदस्य श्यामकुमार यादवले जानकारी दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।