• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सबै धर्म तथा संस्कृतिको संरक्षण गर्न प्रतिवद्ध छु : अध्यक्ष चौधरी

सबै धर्म तथा संस्कृतिको संरक्षण गर्न प्रतिवद्ध छु : अध्यक्ष चौधरी

विरेन्द्र वजार, ११ माघ । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले ल्होछार पर्वले नेपाली साँस्कृतिलाई जेगर्ना गर्नमा थप बल पुगेको बताएका छ्न । नेपाल तामाङ घेदुङ सप्तरीले अग्निसाईर कृष्णासवरण गाउँपालिकामा शनिवार आयोजना गरेको शुभकामाना एंव विचार आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालमा मानिने सबै चर्डपर्वहरु राष्ट्रको गहना रहेको भन्दै अध्यक्ष चौधरीले यसको संरक्षण गर्ने दाइत्व समेत राज्यकै रहेको बताए । उनले गाउँपालिकाका सबै धर्म संस्कार तथा संस्कृतिको संरक्षण गर्न आफु अग्रसर रहेको बताउदै गुम्न लागेको परम्परालाई जिवान्त राख्न सबै जातजातिलाई सचेत हुनुपर्नेमा जोड दिएका छन् ।


नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोलेको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरी, नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम घिसिङ तामाङ, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर २ का अध्यक्ष परशुपति चौधरी, वडा नम्वर ६ का अध्यक्ष गोविन्द सिंह थापा मगर, वडा नम्बर ४ का वडा अध्यक्ष तेज नारायण यादवले शुभकामना दिएका छन् ।
यसैगरी, नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय सदस्यदोय मेख बहादुर तामाङ, खड्ग बहादुर तामाङ, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व सचिव उपेश कुमार सिंह दनुवार, नेपाल तामाङ घेदुङ रुपनी गाउँपालिका अध्यक्ष लाल बहादुर तामाङ, कृमसन एकेडमीका प्रिन्सिपल केशव चौधरी लगायतले समेत सोनाम ल्होछार परम्परा र महत्व वारे विचार व्यक्त गरेका छन् ।
नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सुर्यमान तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत भने नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ का सदस्य सुलता घिसिङले गरेकी थिइन् ।