• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

ल्होछार पर्वको स्वागतमा सप्तरीका तामाङ समुदाय व्यस्त

ल्होछार पर्वको स्वागतमा सप्तरीका तामाङ समुदाय व्यस्त

बिरेन्द्र बजार, १० माघ । राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८५६ को स्वागतमा सप्तरीका तामाङ समुदाय व्यस्त भएका छन् ।
ल्होछारको पुर्व सन्ध्यामा शुक्रबार घरटोल, गुम्बा सहित सार्वजनिक स्थलहरुमा सरसफाइ गरि शान्तिको झण्डा गाडेर एक दिन अगाडिदेखि नै तामाङ समुदाय स्वागतमा जुटेका हुन् । राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार २८५६ माघ ११ गते परेकोले सबै प्राणीजगतको कल्याणको कामना एक दिन पुर्व शान्तिको प्रतीक दर्ज्यु (झ्ण्डा) गाडिएको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ ।
सप्तरीको सप्तकोसी, कन्चनररुप, खडक, शम्भुनाथ, राजबिराज नगरपालिका, अग्निसाईर कृष्णासवरन, रुपनी गाउँपालिका लगायतका तामाङ बसोबास भएको ठाउँमा शुक्रबार बिहानदेखि तामाङ घेदुङका स्थानीय कमिटिहरुले चौक तथा सार्वजानिक स्थलमा दर्ज्यु (झण्डा) गाडेर ल्होछार मनाउने तयारीमा जुटेका छन् । ल्होछार आएसंगै तामाङ गाउँमा चहलपहल बढेको छ । टाढा रहेको आफान्तहरु घर आउने, चेलीबेटीहरु माईत मामली आउले(जाने क्रममाले अझ रौनकता बढेको छ ।
ल्होछारमा तामाङ समुदायले मान्यजनको हातबाट टीका ग्रहण गरि आर्शिबाद थाप्ने चलन रहेकोले विवाह भई परघर गएका छोरीहरु माईत आउने गरेको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोलेले बताए । तामाङ पोशक लगाएर एक ठाउँमा भेला भएर ल्होछार परम्परा र यसको महत्वबारे शुभकामना तथा बिचार आदानप्रदान र विभिन्न महोत्सवहरुको आयोजना गरि सप्तरी लगायतका देशै भरको तामाङ समुदायको अगुवाईमा ल्होछार मनाई रहेको घेदुङ सप्तरीका सचिब सुर्यमान सिंदनले बताए ।
नयाँ बर्षको रुपमा समेत मनाईले ल्होछारमा मीठो परिकार बनाएर खाने र मान्यजनको हातबाट टीका थापी आर्शिबाद लिई पाँच दिनसम्म मनाईने प्रचलन रहेको तामाङले जानकारी दिए ।