• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेशी महासभाद्वारा गजेन्द्रको शालिकमा माल्यार्पण

मधेशी महासभाद्वारा गजेन्द्रको शालिकमा माल्यार्पण

राजविराज, १० माघ । मधेशी महासभाका नेताहरुद्वारा गजेन्द्रनारायण सिंहको १८ औ पुण्यतिथिको अवसरमा गजेन्द्र चौक स्थित शालिकमा माल्यार्पण गरिएको छ ।
राजबिराज स्थित गजेन्द्र चौकमा राजनारायण यादवको अध्यक्षतामा सभाका राष्ट्रिय संयोजक देवराम मधेशी, सरोज मिश्रा, नारदमुनी मण्डल, धनराज मण्डल लगायतको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो । मधेश र मधेशी जनताको हक अधिकारकालागि स्व. गजेन्द्रनारायण सिंहको योगदानबारे चर्चा गरे ।