Top_Header_Right_Add

हप्तामा सातै दिन राजविराजबाट बुद्ध एयरको उडान(भिडियो हेर्नुहोस्)

हप्तामा सातै दिन राजविराजबाट बुद्ध एयरको उडान(भिडियो हेर्नुहोस्)

राजविराज, ०९ माघ । आगामी माघ १८ गते शनिवारदेखि बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलबाट नियमित हवाई उडान सेवासञ्चालन गर्ने औपचारिक घोषणा गरेको छ ।
सप्तरी उद्योग वाणिज्य संघको सभाहलमा विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत बुद्ध एयरका राजविराज स्टेशन म्यानेजर अनिल राजवजंशीले उडानबारे औपचारिक जानकारी दिएका हुन् । उनका अनुसार काठमाण्डौबाट ११.२५ मा राजविराजकालागि उड्ने तथा राजविराजबाट १२.२० बजे यात्रु बोकेर उड्नेछन् ।
बुद्ध एयरको सेवाबाट सप्तरी, उदयपुर, सिरहा र सुनसरीका यात्रुहरुलाई सुविधा पाउने म्यानेजर राजवंशीले जानकारी दिएका छन् । दैनिक उडानले पर्यटन प्रवद्र्धनका साथै भिजिट नेपाल २०२० लाई टेवा पुग्ने बुद्ध एयरको विश्वास छ । पर्यटकका आउजाउसँगै स्थानीय स्तरमा रोजगारीका साथै आर्थिक वृद्धि हुने जानकारी दिँदै उनले भने ‘धार्मिक तथा पर्यटकीय हिसाबले राजविराज महत्वपूर्ण सहर रहेकोले यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशी टप्पु, सलहेश गहबरकासाथै थुप्रै पर्यटकीय गन्तव्यहरुसम्म सजिलै पुग्न सकिन्छ ।’ यसकासाथै राजविराजबाट पशुपतिनाथको दर्शनकालागि सप्तरी आसपास तथा भारतीय तिर्थालु एवम् पर्यटकहरुलाई झनै सहज हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, मधुबनी, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहा लगायतका सहरहरुलाई सजिलै जोड्नसकिने भएकोले यसबाट दुबै देशका पर्यटकहरुलाई फाइदा पुग्ने बुद्ध एयरका राजविराज स्टेशन म्यानेजर राजवंशीले जानकारी दिए । प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने तथा यात्रुहरुको चापलाई ध्यानमा राखी ७२ सिट क्षमताको विमानले उडान भर्ने औपचारिक जानकारी दिईएको छ ।
वि.सं. २०१६ सालमा स्थापना भई हाल सञ्चालनमा रहेको राजविराज विमानस्थलबाट रात्रीकालिन उडानको समेत परीक्षण थालिएको छ । काठमाण्डौबाट दिउँसो १.१० बजे तथा २.१० बजे राजविराजबाट श्री एयरलाइन्सले उडान भर्दैआएको छ । रात्रीकालिन उडानको विषयमा सम्भाव्यता अध्ययनकालागि नागरिक उड्डयन प्राधिकरण काठमाण्डौबाट विज्ञसहितको ६ जनाको टोलीले अध्ययन गरी विमानस्थलको स्तरोन्नती कार्य अगाडि बढाएको छ ।
पत्रकार सम्मेलनमा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान लगायतको उपस्थिति थियो ।

(भिडियो हेर्नुहोस्)

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।