• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजपा र नेकपाका तीन उम्मेदवार विजयी (निर्वाचन अपडेट)

राजपा र नेकपाका तीन उम्मेदवार विजयी (निर्वाचन अपडेट)

जनकपुरधाम, ०९ माघ । प्रदेश नम्वर २ मा राष्ट्रियसभा सदस्य पदकालागि विहिवार भएको मतदानको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयुक्त उम्मेदवार मृगेन्द्रकुमार सिंह यादव विजयी भएका छन् ।
८ सय ८८ मतान्तरले यादव विजयी भएका हुन् ।
यसअघि दलित र महिलातर्फबाट पनि राजपा र नेकपाकै उम्मेदवारी विजयी भईसकेका छन् । राजपा र नेकपाका संयुक्त उम्मेदवार राधेश्याम यादवले ६ सय ३६ मतका साथ विजयी भएका हुन् । उनले कुल ५ हजार २ सय ९२ मतभार हासिल गरेका छन् भने उनका प्रतिद्वन्दी समाजवादी पार्टीका रामपृत पासवानले ४ हजार ६ सय ५६ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी, महिलातर्फ राजपा र नेकपाका संयुक्त उम्मेदवार तुलसा दाहालले नेपाली कांग्रेसकी नगिना यादवलाई पराजित गर्दै विजयी भएकी हुन् । दाहालले कुल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी छन् भने कांग्रेसकी यादवले ४ हजार ६ सय ४० मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।