• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मोटरसाईकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु

विरेन्द्र बजार, ०७ माघ । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर १ जण्डोलस्थित सोमवार राति मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोटरसाईकल दुर्घटना हुँदा अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर १ का अध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५३०६ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका चौधरीलाई उपचारकालागि कन्चनरुपस्थित धमेश्वर अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारकालागि राजविराजस्थित गजेन्द्रनारायण अस्पतालतर्फ ल्याउने क्रममा बाटैमा वडाध्यक्ष चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । नेपाल काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका चौधरीको श्रीमति र २ छोरा छन् ।
गाउँपालिका शोकमग्न
सडक दुर्घटनामा परि वडाध्यक्ष चौधरीको मृत्युको खबरले गाउँपालिका शोकमग्न भएको छ । मङ्गलवार गाउँपालिका अध्यक्ष परशुराम चौधरीले शोक वक्तव्य जारी गरेका छन् । शोक वक्तव्यमा भनिएको छ, ‘ईमान्दार, जुझारु, होनहार नेता गुमाएकोमा वडाध्यक्ष चौधरीको निधनले सिंङ्गो गाउँपालिकावासीलाई स्तब्ध बनाएको छ ।’
वक्तव्यमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना तथा शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै शोक प्रकट गरिएको छ । साथै वडाध्यक्ष चौधरीको निधनको घडीमा शोक प्रकट गर्न श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ भने शोकमा गाउँपालिका मातहतका सवै कार्यालयमा मङ्गलवार विदा समेत दिइएको छ ।