• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तेश्रो मेयर टी–२० टुर्नामेन्ट क्रिकेटमा लहान विजयी

तेश्रो मेयर टी–२० टुर्नामेन्ट क्रिकेटमा लहान विजयी

राजविराज, ०६ माघ । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ९ देउरीमा तेश्रो मेयर टी–२० टुर्नामेन्ट क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।
नागबाबा युवा टिम देउरीले आयोजना गरेको सो प्रतियोगिताको आइतवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । आयोजक समितिका अध्यक्ष एंव नगर खेलकुद समितिका संयोजक कामेश्वर यादवको अध्यक्षता तथा सोही वडाका वडा अध्यक्ष तपसी यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सो प्रतियोगिताको उद्घाटन गरिएको स्थानीय सञ्चारकर्मी उमेशकुमार साहले जानकारी दिएका छन् ।
प्रतियोगिताको सम्पन्न उद्घाटन खेलमा लहान विजयी भएको छ । लहानले अर्नामा भारतलाई पराजित गर्दै विजयी हासिल गरेको आयोजकले जनाएको छ ।