राजविराज, ५ माघ । समाजवादी विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस ईकाई कमिटीद्वारा आइतबार बृक्षारोपन गरेर १३ औं बलिदानी दिवस मनाएका छन् ।
मधेस विद्रोह र मधेस आन्दोलनको क्रममा सहादत प्राप्त सहिदहरुको स्मरणमा क्याम्पस प्राङ्गणमा एक कार्यक्रमको बीच ४१ वटा बिरुवा रोपेर बलिदानी दिवस मनाएका हुन् । समाजवादी बिद्यार्थी युनियन मविव क्याम्पस ईकाई समिति राजविराजका अध्यक्ष श्याम कुमार यादवको अध्यक्षता तथा समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष एवम् पुर्व शिक्षा मन्त्री रेणु कुमारी यादवको प्रमुख आतिथ्यमा वृक्षारोपन कार्यक्रम आयोजना गरिएको छ ।
मधेस विद्रोहका प्रथम सहिद रमेश मेहता र विभिन्न आन्दोलनमा सहादत प्राप्त सहिदहरुको योगदानबारे चर्चा गर्दै प्रमुख अतिथि यादवले भनिन् ‘सहिदहरुको बारेमा जति बोल्दा पनि कमै हुन्छ, उनले थपिन् ‘आज यो देशमा मधेसी, आदिवासी जनजाती, मुस्लिम, थारु, महिला र अल्पसंख्यकहरुले थोरै भए पनि पाएको अधिकार सहिदहरुकै बलिदानीको उपज हो ।’ कार्यक्रममा सप्तरी क्षेत्र नम्बर ४ ‘ख’ प्रदेश सभा सदस्य अभिषेक यादव, क्याम्पस प्रमुख प्रा. डा. सर्वेन्द्र कुमार मिश्रा, समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् विद्यार्थी बिभाग ईन्चार्ज अशोक यादव, समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, समाजवादी विद्यार्थी युनियन प्रदेश नम्बर २ का वरिष्ठ उपाध्यक्ष तारकेश्वर प्रसाद यादव, कोषाध्यक्ष राधेश्याम यादव, सप्तरी जिल्ला अध्यक्ष सञ्जय यादव, समाजवादी यूवा संघ सप्तरीका अध्यक्ष विशाल यादव, महादेवा गाउँपालिका अध्यक्ष बेचन यादव, उपाध्यक्ष गौतम बर्मा, सन्तोष यादव, सचिब अभिषेक यादव, सदस्यहरु दिपेन्द्र यादव, मिथिलेश कुमार यादव, अनिल साह, चन्दन दासले समुहिक रुपमा ४१ वटा अशोकको बिरुवा रोपेका छन् । उनीहरुले विरुवा रोपेपछि बाँसको घेराबेरा समेत लगाएका छन् ।
बृक्षारोपन कार्यक्रममा महेन्द्र बिन्देश्वरी क्याम्पसका परीक्षा शाखा प्रमुख चन्देश्वर यादव, पुर्व शाखा प्रमुख राजेन्द्र प्रसाद दास, शिक्षा विकास ईन्चार्ज रामआशिष यादव, समाजवादी बिद्यार्थी युनियन सप्तरीका उपाध्यक्ष आशा चौधरी, कोषाध्यक्ष सनिता कुमारी यादव लगायतका क्याम्पसका विभिन्न संकायका छात्रछात्राहरुको समेत सहभागिता रहेको थियो । मविव क्याम्पस ईकाई समितिका सचिव मो. जकाउल्लाद्वारा सञ्चालित कार्यक्रममा सहिदहरुको सम्झनामा २ मिनेट मौनधारण समेत गरियो ।
यसैगरी १३ औं वलिदानी दिवसको अवसरमा समाजवादी विद्यार्थी युनियन मविव क्याम्पस राजबिराज इकाई कमिटीद्वारा साँझ राजविराज स्थित सहिद दशन चौकमा मैनवत्ती प्रज्जवलन गरिएको छ । स्ववियु मविव इकाई कमिटीको अध्यक्ष श्याम कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सदस्य अभिषेक यादव, सपा केन्द्रिय सदस्यहरु अशोक यादव, बिनोद चौधरी, उमेश यादव, स्ववियु प्रदेश वरिष्ठ उपाध्यक्ष तारकेश्वर प्रसाद यादव, समाजबादी युवा संघ सप्तरी अध्यक्ष विशाल यादव, स्वबियु प्रदेश सदस्य प्रतिक्षा यादव, स्ववियु सप्तरी अध्यक्ष सञ्जय यादव, उपाध्यक्ष गौतम बर्मा, सचिव अभिषेक यादव, मविव इकाई उपाध्यक्ष अनिल साह, गजेन्द्र प्रसाद साह, उपाध्यक्ष आसमा चौधरी, यूवा संघ प्रदेश कोषाध्यक्ष अन्जु यादव, प्रदेश सदस्य दिपक यादव, विजय कुमार साह, स्ववियू इकाई सचिव मो. जकाउल्ला, सुनिता यादव, कपिलदेब साह, प्रमाणी चौधरी, अम्बिका यादव, लालु यादव, प्रतिभा यादव, स्वस्तिका चौधरी, बेचन यादव, राजकुमार यादव, सञ्जिब यादव, लक्ष्मन यादव, निलकण्ठ दास, दिपेन्द्र यादव , अर्जुन यादव लगायतको सहभागिता रहेको थियो ।