• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दोषीलाई हदैसम्मको कारबाही गराउन प्रदेश सरकार प्रतिवद्धः मुख्यमन्त्री राउत

दोषीलाई हदैसम्मको कारबाही गराउन प्रदेश सरकार प्रतिवद्धः मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ माघ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले शुक्रवार बिहान दिलिप महतोको परिवारसित भेटघाट गरेका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नम्वर ५ श्रीपुरस्थित दिलिपको घरमा उनको बुवा, आमासित भेटघाट गरेका हुन् । मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तिहरुमाथि हदैसम्मको कारबाही गराउन प्रदेश सरकारले आप्mनोतर्पmबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार रहेको दिलिपको बुवा रामजीवन महतोलाई विश्वास दिलाए । त्यसक्रममा मुख्यमन्त्री राउतले दिलिपको तस्वीरमा पुष्प अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरे ।
प्रदेश सरकारले यसअघि नै पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ । गत शुक्रबार बालुवा, गिट्टी उत्खनन्को विरोध गरेको रामजीवन महतोको २४ वर्षिय छोरा दिलिप भनिने ओमप्रकाश महतोको रडले घोची टिपरले किचेर हत्या गरिएको थियो ।