• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अपराधिक क्रियाकलाप विरुद्ध सप्तरी प्रहरी सक्रिय

१५ प्रहरी पुरस्कृत, ९ प्रहरी कार्वाहीमा
अपराधिक क्रियाकलाप विरुद्ध सप्तरी प्रहरी सक्रिय

राजविराज, २ माघ । चोरी तस्करी, लागु औषध कारोबार, हिंसा, दण्डहिनता लगायत अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न सप्तरी प्रहरीले सक्रियता बढाएको छ ।
प्रहरीले विगत ६ महिना यता मात्रै विभिन्न अपराधमा संलग्न फरार अभियुक्त पक्राउ गर्ने अभियानका क्रममा ६१ जनालाई पक्राउ गर्न सफल भएको छ । विहिबार पनि प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी राजविराज नगरपालिका–१ निवासी हरिलाल यादवलाई पक्राउ गरी कारागार चलान गरेको छ ।
विहिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विगत ६ महिनाको अवधिमा प्रहरीले गरेका कामकार्वाहीबारे उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । अदातलको फैसला कार्यान्वयन तथा शान्ति सुरक्षा सुदृढ बनाउने कामलाई तिब्रता दिएसँगै फरार अभियुक्त धमाधम पक्राउ पर्न थालेको जानकारी दिँदै उनले भने ‘कानूनी राज्य स्थापनामा सहयोग पुर्याउनुका साथै जिल्लामा शान्ति सुरक्षा कायम गर्नु हाम्रो जिम्मेवारी हो, प्राप्त जिम्मेवारीलाई हामीले पुरा गर्न प्रयासरत छौं । पत्रकार सम्मेलनमा एसपी प्रसाईले ६ महिना यता विभिन्न अपराधमा संलग्न भई अदालतबाट सजाय तोकिएर फरार रहेका ३७ र अनुसंधानका क्रममा फरार रहेका २४ गरी ६१ जना अभियुक्तलाई कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायहरु समेतको प्रयासमा ८ हजार १ सय २५ लिटर अवैध घरेलु मदिरा नष्ट गरिनुका साथै विभिन्न स्थानमा अवैध रुपमा लगाईएको ३१ हजार १८ गाँजाको बोट फडानी गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् । उनका अनुसार सवारी साधन नियम उलंघनमा १३ हजार ३ सय ४२ जना माथि र्कार्वाही गरी ७९ लाख ८१ हजार ५ सय रुपैया राजश्व संकलन गरिएको छ । विभिन्न अपराधका ४ सय ११ मुदा दर्ता भएकोमा २ सय ५९ मुदा फर्छयोट गरिएको तथा बाँकी १ सय ५२ मुद्दा किनारा लगाउन आफुहरु प्रयासरत रहेको कार्यक्रममा जानकारी दिईएको छ ।
१५ पुरस्कृत ९ प्रहरीलाई कार्वाही
प्रहरीको मर्यादा कायम राख्दै उत्कृष्ट काम गर्ने १५ जना प्रहरीलाई पुरस्कृत तथा आचरण विपरित कार्य गर्ने ९ जनालाई कार्वाहीलागि सिफारिस गरिएको प्रहरी उपरीक्षक प्रसाईले जानकारी दिएका छन् । उनका अनुसार ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक मकेन्द्र कुमार मिश्र, प्रहरी निरीक्षकद्वय प्रकाश बस्नेत र विष्णुप्रदीप बस्याल, प्रहरी सहायक निरीक्षक मो. सागिर राइन, असई चन्द्रकिशोर झा र अजुर्न महतोलाई पुरस्कृत गरिएको छ । यस्तै प्रहरी हवल्दार बुमिनन्द खतिवडा, अजयकुमार झा, जमरुद्दीन मियाँ तथा प्रहरी जवानहरू पंकजकुमार यादव, बालकृष्ण यादव, नरसिंह चौधरी, गोविन्द पौडेल र अनिलकुमार चौधरी समेत पुरस्कृत भएको प्रहरी उपरीक्षक प्रसाईले बताए ।
उनका अनुसार ३ असई, २ हवल्दार र ४ प्रहरी जवान कारबाहीमा परेका छन् ।